यातायात व्यवसायीले गर्यो अरनिको राजमार्गमा मालबाहक ढुवानी बन्द

यातायात व्यवसायीले गर्यो अरनिको राजमार्गमा मालबाहक ढुवानी बन्द : Icon Khabar

काभ्रेपलाञ्चोक, वैशाख १० । यातायात व्यवसायीले अरनिको, बिपीमा मालबाहक ढुवानी रोकेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बोकेको बोझ अनिवार्य तौलाउन दिएको निर्देशनको विरोध गर्दै हेलम्बु राजमार्गले आन्दोलन गरेको हो ।

जिल्लामा भार तौल केन्द्र सञ्चालन गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेपछि गत मंगलबार यातायात व्यवसायी र सरोकारवालाबीच भएको बैठकमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यस्तो निर्देशन दिएको हो ।

पाँचखाल नगरपालिकाको केराघारी, पनौतीको नैकिन्टार र नमोबुद्धको भकुण्डेमा भार तौल केन्द्र स्थापना गरिएको छ ।

निर्देशिका अनुसार ६ पाङ्ग्रे मालवाहक सवारी साधनले अनिवार्य लोड बोक्नुपर्छ । भार तौल केन्द्रमा तौल गरेबापत प्रति गाडी १५० रुपैयाँ शुल्क लिइन्छ । विगत दुई दिनदेखि ढुवानी ठप्प छ ।

आन्दोलनपछि सबै भार तौल केन्द्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालले जानकारी दिए ।

Published Date: 23 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय