यातायात व्यवसायीले गर्यो अरनिको राजमार्गमा मालबाहक ढुवानी बन्द

यातायात व्यवसायीले गर्यो अरनिको राजमार्गमा मालबाहक ढुवानी बन्द : Icon Khabar

काभ्रेपलाञ्चोक, वैशाख १० । यातायात व्यवसायीले अरनिको, बिपीमा मालबाहक ढुवानी रोकेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बोकेको बोझ अनिवार्य तौलाउन दिएको निर्देशनको विरोध गर्दै हेलम्बु राजमार्गले आन्दोलन गरेको हो ।

जिल्लामा भार तौल केन्द्र सञ्चालन गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेपछि गत मंगलबार यातायात व्यवसायी र सरोकारवालाबीच भएको बैठकमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यस्तो निर्देशन दिएको हो ।

पाँचखाल नगरपालिकाको केराघारी, पनौतीको नैकिन्टार र नमोबुद्धको भकुण्डेमा भार तौल केन्द्र स्थापना गरिएको छ ।

निर्देशिका अनुसार ६ पाङ्ग्रे मालवाहक सवारी साधनले अनिवार्य लोड बोक्नुपर्छ । भार तौल केन्द्रमा तौल गरेबापत प्रति गाडी १५० रुपैयाँ शुल्क लिइन्छ । विगत दुई दिनदेखि ढुवानी ठप्प छ ।

आन्दोलनपछि सबै भार तौल केन्द्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालले जानकारी दिए ।

Published Date: 23 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक