आज मनकामना केबलकारको सेवा बन्द

आज मनकामना केबलकारको सेवा बन्द : Icon Khabar

चितवन, वैशाख १० । आज भईरहेको उप निर्वाचनको कारण मनकामना केबलकारको सेवा बन्द रहेको छ।

चितवन क्षेत्र नं २ मा भईरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार आज सञ्चालन भएमा भीड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुँदा आज मनकामना केबलकार बन्द गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

उप निर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गरेको हो।

मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ । भोलि वैशाख ११ गते देखि केबलकार पुनस् सञ्चालनमा आउने प्रालिले जनाएको छ ।

Published Date: 23 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक