आज मनकामना केबलकारको सेवा बन्द

आज मनकामना केबलकारको सेवा बन्द : Icon Khabar

चितवन, वैशाख १० । आज भईरहेको उप निर्वाचनको कारण मनकामना केबलकारको सेवा बन्द रहेको छ।

चितवन क्षेत्र नं २ मा भईरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार आज सञ्चालन भएमा भीड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुँदा आज मनकामना केबलकार बन्द गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

उप निर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गरेको हो।

मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ । भोलि वैशाख ११ गते देखि केबलकार पुनस् सञ्चालनमा आउने प्रालिले जनाएको छ ।

Published Date: 23 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय