नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दै नौ वाणिज्य बैंकलाई १५ करोड ३७ लाख रुपैयाँ जरिवाना

नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दै नौ वाणिज्य बैंकलाई १५ करोड ३७ लाख रुपैयाँ जरिवाना : Icon Khabar

काठमाडौं, वैशाख १० । नेपाल राष्ट्र बैंकले निर्धारित निर्देशिका उल्लंघन गरेको अभियोगमा नौ बैंक र सम्बन्धित प्रमुख कार्यकारी अधिकृतलाई १५ करोड ३७ लाख रुपैयाँ जरिवाना गरेको छ ।

राष्ट्र बैंकका अनुसार कर्जा उपलब्ध गराउन नसकेका वित्तीय संस्था र तिनका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो । यी वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा चर्को प्रिमियम दर असुल्ने, पुँजी पर्याप्तता अनुपातको नियमअनुसार उचित रकम नराखेको र एउटै समूहलाई बढी कर्जा उपलब्ध गराएको पाइएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलाई राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना गरेको हो । त्यस्तै, सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन उल्लंघन गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकलाई एक अर्ब रुपैयाँ जरिवाना गरिएको छ ।

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकलाई गत वर्ष साउन र अगस्टमा कर्जा-निक्षेप अनुपात नपुगेको भन्दै कारबाही गरिएको थियो ।

त्यसैगरी, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंक लिमिटेडलाई नियामक निकायबाट कारबाही भएको छ ।

हेर्नुस् कुन बैंकलाई कस्तो कारबाही विस्तृतमा

 

 

Published Date: 23 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक