कैलालीको धनगढीमा आजबाट १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदैं

उद्घाटन खेलमा सुदुरपश्चिम र कर्णाली प्रदेश भिड्ने

कैलालीको धनगढीमा आजबाट १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदैं : Icon Khabar

कैलाली, बैशाख १० । कैलालीको धनगढीमा आजबाट १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुदैंछ । सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सात प्रदेशको सहभागीता रहेको १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ । बैशाख १७ गतेसम्म आयोजना हुने प्रतियोगिताको सबै तयारी सकिएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले जानकारी दिए ।

प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले आज धनगढीको फाप्ला क्रिकेट मैदानमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्ने भएका छन् । सार्वजनिक खेल तालिका अनुसार प्रतियोगितामा सहभागी सात प्रदेशलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा सुदुरपश्चिम र कर्णाली प्रदेशसँगै मधेश प्रदेश तथा लुम्बिनी प्रदेश रहेका छन् । समुह बी मा बागमति प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेश रहेका छन् । समुहको बिजेता र उपविजेता सेमिफाईनल पुग्नेछन् ।

प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् ।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको हो ।एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ । सोही प्रतियोगितामा नेपाली टोली पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ । यसै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेर त्यसबाट उत्कृष्ट १४ जनालाई १६ बर्ष मुनिको नेपाली राष्टिय पुरुष क्रिकेट टीम बनाईने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

Published Date: 23 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय