काठमाडौं महानगरभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा अनिवार्य सात शर्त पालना गर्नुपर्ने

काठमाडौं महानगरभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा अनिवार्य सात शर्त पालना गर्नुपर्ने : Icon Khabar

काठमाडौं, वैशाख ६ । काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा अनिवार्य सात शर्त पालना गर्नुपर्ने भएको छ ।

कामनपाले उक्त काम अघि बढाउन सात बुँदे शर्त अनिवार्य गरेको छ । कामनपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख राम थापाले निर्माण कार्यका क्रममा सवारी आवागमनमा कुनै असुविधा नहोस्, धुवाँ र धुलो उड्न नदिन तारबार लगाउनुपर्ने, कामका बारेमा साइनबोर्ड टाँस्नु पर्ने, काम सम्पन्न गर्ने गरी काम गर्नुपर्ने बताए ।

सकेसम्म राति, काम गर्दा अनावश्यक सामग्रीको थुप्रो राख्नु हुँदैन र काम सकिएपछि सडक राम्रो अवस्थामा छोड्नुपर्छ।

फोहोरमैला व्यवस्थापन ऐन, २०११ र वातावरण संरक्षण ऐन, २०१९ अनुसार तोकिएको शर्त पालना नगरे फोहोर फाल्नेलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

उनले भने, ‘वर्षाको पानी र बाढीको सम्भावित समस्या समाधान गर्न जताततै छरिएका तारको व्यवस्थापनका लागि नदीको बहाव क्षेत्रमा रहेका अवरोध हटाउन, तार व्यवस्थापनका लागि आपसी समन्वय गर्नुपर्ने आवश्यकता छ । विकास निर्माणका क्रममा सडक र सडक बेल्टमा छोडिएका अवरोध जसले राजधानीलाई कुरुप बनाएको छ ।”

त्यसैगरी समन्वयविना ढल निर्माण, वर्षाको पानी बगेर आउने समस्या बस्तीको व्यवस्थापन, विद्युतीय पोलमा आगलागीको समस्या समाधान, सामुदायिक कुकुर व्यवस्थापन, सहरी सौन्दर्य र व्यवस्थापनमा सन्तोषजनक नतिजा आउन नसकेको उनले बताए । ।

‘सडक छेउका पोलमा रहेका ७० प्रतिशत तारले काम नगरे पनि समन्वयको अभावमा अनावश्यक तार काटिएका छैनन्, कसको तार काट्ने र कसको सेवा बन्द हुने थाहा छैन, त्यसैले पूर्वाधार निर्माण हुन सकेको छैन । समन्वयविना सम्भव छ,’ थापाले भने ।

उनले करिडोरको अन्डरपास खोल्ने र नदी किनारमा रहेका अनाधिकृत संरचना हटाउने विषयमा छलफल गरी अगाडि बढ्नुपर्ने बताए । उनले सहरलाई सुन्दर र व्यवस्थित बनाउन उपत्यकाभित्रका वाग्मती, विष्णुमती, मनोहरा, धोबीखोलालगायतका खोलाका किनारमा रहेका अनाधिकृत संरचना हटाउन सहकार्य गर्नुपर्ने बताए ।

उपत्यकामा नदी किनारमा करिब ३ हजार ४५९ परिवार बसोबास गर्छन् । त्यसमध्ये कामपामा मात्रै २ हजार १ सय ६० परिवार रहेको बताइएको छ ।

Published Date: 19 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु