काठमाडौं महानगरभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा अनिवार्य सात शर्त पालना गर्नुपर्ने

काठमाडौं महानगरभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा अनिवार्य सात शर्त पालना गर्नुपर्ने : Icon Khabar

काठमाडौं, वैशाख ६ । काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा अनिवार्य सात शर्त पालना गर्नुपर्ने भएको छ ।

कामनपाले उक्त काम अघि बढाउन सात बुँदे शर्त अनिवार्य गरेको छ । कामनपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख राम थापाले निर्माण कार्यका क्रममा सवारी आवागमनमा कुनै असुविधा नहोस्, धुवाँ र धुलो उड्न नदिन तारबार लगाउनुपर्ने, कामका बारेमा साइनबोर्ड टाँस्नु पर्ने, काम सम्पन्न गर्ने गरी काम गर्नुपर्ने बताए ।

सकेसम्म राति, काम गर्दा अनावश्यक सामग्रीको थुप्रो राख्नु हुँदैन र काम सकिएपछि सडक राम्रो अवस्थामा छोड्नुपर्छ।

फोहोरमैला व्यवस्थापन ऐन, २०११ र वातावरण संरक्षण ऐन, २०१९ अनुसार तोकिएको शर्त पालना नगरे फोहोर फाल्नेलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

उनले भने, ‘वर्षाको पानी र बाढीको सम्भावित समस्या समाधान गर्न जताततै छरिएका तारको व्यवस्थापनका लागि नदीको बहाव क्षेत्रमा रहेका अवरोध हटाउन, तार व्यवस्थापनका लागि आपसी समन्वय गर्नुपर्ने आवश्यकता छ । विकास निर्माणका क्रममा सडक र सडक बेल्टमा छोडिएका अवरोध जसले राजधानीलाई कुरुप बनाएको छ ।”

त्यसैगरी समन्वयविना ढल निर्माण, वर्षाको पानी बगेर आउने समस्या बस्तीको व्यवस्थापन, विद्युतीय पोलमा आगलागीको समस्या समाधान, सामुदायिक कुकुर व्यवस्थापन, सहरी सौन्दर्य र व्यवस्थापनमा सन्तोषजनक नतिजा आउन नसकेको उनले बताए । ।

‘सडक छेउका पोलमा रहेका ७० प्रतिशत तारले काम नगरे पनि समन्वयको अभावमा अनावश्यक तार काटिएका छैनन्, कसको तार काट्ने र कसको सेवा बन्द हुने थाहा छैन, त्यसैले पूर्वाधार निर्माण हुन सकेको छैन । समन्वयविना सम्भव छ,’ थापाले भने ।

उनले करिडोरको अन्डरपास खोल्ने र नदी किनारमा रहेका अनाधिकृत संरचना हटाउने विषयमा छलफल गरी अगाडि बढ्नुपर्ने बताए । उनले सहरलाई सुन्दर र व्यवस्थित बनाउन उपत्यकाभित्रका वाग्मती, विष्णुमती, मनोहरा, धोबीखोलालगायतका खोलाका किनारमा रहेका अनाधिकृत संरचना हटाउन सहकार्य गर्नुपर्ने बताए ।

उपत्यकामा नदी किनारमा करिब ३ हजार ४५९ परिवार बसोबास गर्छन् । त्यसमध्ये कामपामा मात्रै २ हजार १ सय ६० परिवार रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2023
Website | + posts