बिहीबार नेप्से ३४.२२ अंकले बढ्यो

बिहीबार नेप्से ३४.२२ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । साताको अन्तिम कारोबार दिन सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा कायम भएको छ । बिहीबार सेयरबजारमा ३१९ कम्पनीका सेयर कारोबार भए ।

कुल २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर ५३ हजार ११२ कारोबारबाट ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँमा किनबेच भएको छ । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये म्युचल फण्ड समूहका परिसूचक बाहेक बाँकी सबै समूहका परिसूचक सकारात्मक छन् ।

सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक २.६७ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था तथा सुपर मादी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एनआईविएल स्टेवल फण्ड, सानीमा ग्रोथ फण्ड तथा आशा लघुवित्त वित्तीय संसथाका सेयरधनी रहेका छन् ।

Published Date: 30 October 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै