बिहीबार नेप्से ३४.२२ अंकले बढ्यो

बिहीबार नेप्से ३४.२२ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । साताको अन्तिम कारोबार दिन सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा कायम भएको छ । बिहीबार सेयरबजारमा ३१९ कम्पनीका सेयर कारोबार भए ।

कुल २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर ५३ हजार ११२ कारोबारबाट ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँमा किनबेच भएको छ । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये म्युचल फण्ड समूहका परिसूचक बाहेक बाँकी सबै समूहका परिसूचक सकारात्मक छन् ।

सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक २.६७ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था तथा सुपर मादी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एनआईविएल स्टेवल फण्ड, सानीमा ग्रोथ फण्ड तथा आशा लघुवित्त वित्तीय संसथाका सेयरधनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 October 2025






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न