यूएईसँग नेपालको हार

यूएईसँग नेपालको हार : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाललाई यूएईले ५ विकेटले हराएको हो ।

नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । यूएईका लागि ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए । अलिशान सराफुले ४५ तथा मुहम्मद वासीमले २६ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकमा ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो ।

रोहितले १३० बलमा १०९ रन बनाए । ओडिआईमा उनको यो दोस्रो शतक हो । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।

यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १-१ विकेट लिए ।

यो शृंखलामा नेपालको लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।

Published Date: 30 October 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै