आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन

आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन : Icon Khabar

काठमाडौं, वैशाख ६ । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि उपलब्ध गराउन राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । उ

नले आज र भोलि देशभरका बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरे ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । विभागले राष्ट्रिय अभियानलाई सफल बनाउन प्रदेश र स्थानीय तहलाई परिपत्र जारी गरेको छ ।

करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने निर्देशक लालले बताए । बालबालिकामा हुने स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ देखि कुष्ठरोगको औषधि खुवाउन थालेको हो ।

सरकारले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2023
Website | + posts




ताजा
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने