आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन

आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन : Icon Khabar

काठमाडौं, वैशाख ६ । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि उपलब्ध गराउन राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । उ

नले आज र भोलि देशभरका बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरे ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । विभागले राष्ट्रिय अभियानलाई सफल बनाउन प्रदेश र स्थानीय तहलाई परिपत्र जारी गरेको छ ।

करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने निर्देशक लालले बताए । बालबालिकामा हुने स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ देखि कुष्ठरोगको औषधि खुवाउन थालेको हो ।

सरकारले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क दिँदै आएको छ ।

Published Date: 19 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग