वातावरण संरक्षण मञ्चको स्वच्छ वातावरण नामक पुस्तक विमोचन

वातावरण संरक्षण मञ्चको स्वच्छ वातावरण नामक पुस्तक विमोचन : Icon Khabar

भक्तपुर, वैशाख ६ । वातावरण संरक्षण मञ्चद्वारा मंगलबार शुभकामना आदानप्रदान तथा स्वच्छ वातावरण नामक पुस्तक प्रमुख अतिथि वातावरणविद् एवम् लुम्बिनी विश्वविद्यालयका डीन उकेशराज भुजूले विमोचन गरेका छन्।

उक्त कार्यक्रमका उनले प्रकृति र संस्कृतिको मिलनबाट सभ्यताको विकासको रूपमा लिच्छवि तथा मल्लकालका मानिसका मनमा उब्जेका वातावरणका जीवजन्तुको आकृति ढुंगामा समेटिएको सम्पदा आज विश्व सम्पदामा सुचिकृत भएको बताउँदै भक्तपुर नगरपालिकाले उठाएको पर्यटक प्रवेश शुल्कले आज ऐतिहासिक धरोहर संरक्षण तथा वातावरण स्वच्छतामा प्रयोग भएको प्रति प्रसंसा गरे।

सोही कार्यक्रममा गैरसरकारी महासंघ भक्तपुरका अध्यक्ष नारायण प्रसाद न्याैपानेले गैरसरकारी संस्था समाज र राष्ट्रको हितको लागि महत्त्वपूर्ण योगदान पुगेको बताउँदै जनतासँग सहकार्य गरेर एकिकृत समाज निर्माणको महासंघ लडि रहेको बताए।

मञ्चका अध्यक्ष न्हुछे बहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा उर्जा इन्जिनियर रामसुन्दर कुसी, प्राध्यापक डा. राजेन्द्र कोजु तथा सल्लाहकार रामबहादुर श्रेष्ठ लगायतले वातावरण सम्बन्धमा बोलेका थिए ।

Published Date: 19 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी