पाँचौ राष्ट्रब्यापी स्टृट वर्कआउट प्रतियोगिता शनिबार हुने

पाँचौ राष्ट्रब्यापी स्टृट वर्कआउट प्रतियोगिता शनिबार हुने : Icon Khabar

काठमाडौँ, वैशाख ३ । नेपाली युथ फिटनेश एण्ड केलिस्थेनिक्स (एन.वाई.एफ.सी.) संस्थाको आयोजनामा पाँचौ राष्ट्रब्यापी स्टृट वर्कआउट प्रतियोगिता शनिबार हुने भएको छ ।

हिमालयन क्विस्टा प्रोको (प्रोटिन सप्लिमेन्ट कम्पनी) मुख्य प्रायोजनमा शनिबार हुने प्रतियोगिताको अन्तिम तयारीका बारेका जानकारी गराउन आज आईतबार आयोजित कार्यक्रममा आयोजकले बैशाख ९ गते नक्सालस्थित नारायण चौरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराए ।

बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामा हुने प्रतियोगितामा पुरुष बार, पुरुष सर्किट, महिला सर्किट, सिनियर ४० बर्ष माथिको सर्किट र अन्डर १६ बार गरि ५ समूहमा नेपालभरिबाट ३५० देखि ४०० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसबाट छनौट भएका अन्तिम २ सय खेलाडीले फाईनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

बार वर्कआउट र सर्किट वर्कआउटको संयुक्त विधामा कम समयमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विजयी घोषित गरि फिटनेश एथलेट उपाधी सहित नगद ५१ हजारका साथ स्वर्ण पदक र प्रमाण पत्र प्रदान गरिनेछ ।

विधागत प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडीले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट २० लाख रहेको समेत आयोजकले बताएका छन् ।

Published Date: 16 April 2023


ताजा
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग