पाँचौ राष्ट्रब्यापी स्टृट वर्कआउट प्रतियोगिता शनिबार हुने

पाँचौ राष्ट्रब्यापी स्टृट वर्कआउट प्रतियोगिता शनिबार हुने : Icon Khabar

काठमाडौँ, वैशाख ३ । नेपाली युथ फिटनेश एण्ड केलिस्थेनिक्स (एन.वाई.एफ.सी.) संस्थाको आयोजनामा पाँचौ राष्ट्रब्यापी स्टृट वर्कआउट प्रतियोगिता शनिबार हुने भएको छ ।

हिमालयन क्विस्टा प्रोको (प्रोटिन सप्लिमेन्ट कम्पनी) मुख्य प्रायोजनमा शनिबार हुने प्रतियोगिताको अन्तिम तयारीका बारेका जानकारी गराउन आज आईतबार आयोजित कार्यक्रममा आयोजकले बैशाख ९ गते नक्सालस्थित नारायण चौरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराए ।

बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामा हुने प्रतियोगितामा पुरुष बार, पुरुष सर्किट, महिला सर्किट, सिनियर ४० बर्ष माथिको सर्किट र अन्डर १६ बार गरि ५ समूहमा नेपालभरिबाट ३५० देखि ४०० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसबाट छनौट भएका अन्तिम २ सय खेलाडीले फाईनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

बार वर्कआउट र सर्किट वर्कआउटको संयुक्त विधामा कम समयमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विजयी घोषित गरि फिटनेश एथलेट उपाधी सहित नगद ५१ हजारका साथ स्वर्ण पदक र प्रमाण पत्र प्रदान गरिनेछ ।

विधागत प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडीले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट २० लाख रहेको समेत आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 April 2023
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता