उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण

उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण : Icon Khabar

भक्तपुर, कात्तिक २१ । उर्वरभूमि कृषि सहकारी संस्था लिमिटेड, जगाती भक्तपुरले नेपाल संवत् न्हुँदः ११४७, शुभदीपावली (तिहार) तथा छठ पर्व २०८३ को अवसरमा आफ्ना सदस्यहरूलाई निःशुल्क काउलीका बेर्ना वितरण गरेको छ ।

संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा १५० जना सदस्यलाई प्रतिव्यक्ति १०० वटाका दरले कुल १५ हजार काउलीका बेर्ना वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष राकेश सुकुपायोको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष सुकुपायोले संस्थाले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिबारे जानकारी गराउँदै काउलीका बेर्ना वितरण गर्नुको उद्देश्य स्पष्ट पारे ।

सदस्यहरूलाई कृषि उत्पादनमा प्रोत्साहन गर्ने, तरकारी खेतीप्रति आकर्षित गर्ने तथा घरायसी र व्यावसायिक तरकारी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । यसले स्थानीय कृषि क्षेत्रको प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने उनको भनाइ थियो ।

सहकारीको मूल मर्मअनुरूप पारस्परिक सहयोग, विश्वास, एकता र सामूहिक प्रयासमार्फत कृषि क्षेत्रको विकास, आर्थिक समृद्धि तथा आत्मनिर्भर समाज निर्माण गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष सुकुपायोले बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायणप्रसाद मचामसीले सदस्यहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर संस्थाले विभिन्न सदस्यकेन्द्रित तथा उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न संस्था क्रियाशील रहने उनले बताए ।

सहकारीले सदस्यहरूलाई उत्पादनमूलक कृषि गतिविधिमा जोड्ने उद्देश्यसहित काउलीका बेर्ना वितरण कार्यक्रम सञ्चालन गरेको हो ।

Published Date: 07 November 2026
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक