युरोको अगाडी अमेरिकी डलर देखियो कमजोर, युरोको भाउ एक वर्षयताकै उच्च

युरोको अगाडी अमेरिकी डलर देखियो कमजोर, युरोको भाउ एक वर्षयताकै उच्च : Icon Khabar

काठमाडौं, वैशाख ३ । अमेरिकी डलरको तुलनामा युरोको भाउ एक वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

हालैका साताहरुमा युरोजोनको आर्थिक परिदृश्य सकारात्मक देखिएको छ भने अमेरिकी फेडरल रिजर्भले आफ्नो मौद्रिक कडाई लगभग पूरा गरिसकेको विश्लेषण हुन थालेपछि डलरको वृद्धि कम हुन थालेको छ । जसका कारण युरोको भाउ डलरको तुलनामा १२ महिनायताकै उच्च बनेको हो ।

युरो बिहीबार ०.६३% ले बढेर १.१०६७ डलर पुगेको थियो । जुन अप्रिल २०२२ को यताकै उच्च हो । यता, युरोपेली केन्द्रीय बैंकले मौद्रिक कडाईहरु थप गर्दै ब्याजदर बढाउने क्रमलाई जारी राख्ने अपेक्षाले पनि युरोको भाउ उचालिएको विश्लेषण गरिएको छ ।

युरोपको आर्थिक वातावरण पनि सकारात्मक देखिएका कारण मुद्रा पनि बलियो बनेको हो । यता, अमेरिकामा गत महिना देखिएको बैंकिङ संकटका कारण पनि डलर सूचक कमजोर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 April 2023
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता