युरोको अगाडी अमेरिकी डलर देखियो कमजोर, युरोको भाउ एक वर्षयताकै उच्च

युरोको अगाडी अमेरिकी डलर देखियो कमजोर, युरोको भाउ एक वर्षयताकै उच्च : Icon Khabar

काठमाडौं, वैशाख ३ । अमेरिकी डलरको तुलनामा युरोको भाउ एक वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

हालैका साताहरुमा युरोजोनको आर्थिक परिदृश्य सकारात्मक देखिएको छ भने अमेरिकी फेडरल रिजर्भले आफ्नो मौद्रिक कडाई लगभग पूरा गरिसकेको विश्लेषण हुन थालेपछि डलरको वृद्धि कम हुन थालेको छ । जसका कारण युरोको भाउ डलरको तुलनामा १२ महिनायताकै उच्च बनेको हो ।

युरो बिहीबार ०.६३% ले बढेर १.१०६७ डलर पुगेको थियो । जुन अप्रिल २०२२ को यताकै उच्च हो । यता, युरोपेली केन्द्रीय बैंकले मौद्रिक कडाईहरु थप गर्दै ब्याजदर बढाउने क्रमलाई जारी राख्ने अपेक्षाले पनि युरोको भाउ उचालिएको विश्लेषण गरिएको छ ।

युरोपको आर्थिक वातावरण पनि सकारात्मक देखिएका कारण मुद्रा पनि बलियो बनेको हो । यता, अमेरिकामा गत महिना देखिएको बैंकिङ संकटका कारण पनि डलर सूचक कमजोर बनेको छ ।

Published Date: 16 April 2023


ताजा
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग