संकटाले एपिएफलाई हरायो

संकटाले एपिएफलाई हरायो : Icon Khabar

काठमाडौँ, वैशाख ३ । तीन रातो कार्ड देखाइएको खेलमा संकटा क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ । च्यासल मैदानमा निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको खेलमा संकटा १-० ले विजयी भएको हो ।

दिउँसो ३ बजे सुरु हुनुपर्ने खेल जर्सी जुध्दा झन्डै आधा घण्टा ढिलो सुरु भएको थियो । संकटाका गोलरक्षक टिकेन्द्र थापा र एपिएफको जर्सी जुधेपछि खेल निर्धारित समयमा सुरु हुन सकेन । एन्फा प्रतिनिधिको निरन्तर आग्रहपछि संकटाका गोलरक्षक टिकेन्द्रले सेतो पोलो टिसर्ट लगाएर खेलेका थिए ।

खेलको २९ औं मिनेटमा संकटाले अग्रता लिएको थियो । जुनियर एन्कुंगेले पेनाल्टीमा गोल गर्दै संकटालाई अघि बढाएका थिए । पेनाल्टी क्षेत्रभित्र अडामा डुम्बियाले आयुष घलानलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

दोस्रो हाफमा मनिष डाँगी र दिपेश धिमाल दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीए । एक अर्कामाथि हातपात गरेपछि रेफ्री नविन्द्र महर्जनले दुवैलाई दोहोरो पहेंलो कार्डपछि रातो कार्ड देखाएका थिए । संकटाकै आन्द्रे थिएरी बिइक बिइकले पनि रातो कार्ड पाएका थिए ।

यस जितसँगै संकटा लिगको चौथो स्थानमा उक्लिएको छ । ९ खेलमा टोलीले ४ जित, ३ बराबरी र २ हारको नतिजा निकाल्यो । यता एपिएफ ११ अंकसहित नवौं स्थानमा छ । एपिएफले ३ जित, २ बराबरी र ४ हारको नतिजा निकालेको छ ।

Published Date: 16 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास