संकटाले एपिएफलाई हरायो

संकटाले एपिएफलाई हरायो : Icon Khabar

काठमाडौँ, वैशाख ३ । तीन रातो कार्ड देखाइएको खेलमा संकटा क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ । च्यासल मैदानमा निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको खेलमा संकटा १-० ले विजयी भएको हो ।

दिउँसो ३ बजे सुरु हुनुपर्ने खेल जर्सी जुध्दा झन्डै आधा घण्टा ढिलो सुरु भएको थियो । संकटाका गोलरक्षक टिकेन्द्र थापा र एपिएफको जर्सी जुधेपछि खेल निर्धारित समयमा सुरु हुन सकेन । एन्फा प्रतिनिधिको निरन्तर आग्रहपछि संकटाका गोलरक्षक टिकेन्द्रले सेतो पोलो टिसर्ट लगाएर खेलेका थिए ।

खेलको २९ औं मिनेटमा संकटाले अग्रता लिएको थियो । जुनियर एन्कुंगेले पेनाल्टीमा गोल गर्दै संकटालाई अघि बढाएका थिए । पेनाल्टी क्षेत्रभित्र अडामा डुम्बियाले आयुष घलानलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

दोस्रो हाफमा मनिष डाँगी र दिपेश धिमाल दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीए । एक अर्कामाथि हातपात गरेपछि रेफ्री नविन्द्र महर्जनले दुवैलाई दोहोरो पहेंलो कार्डपछि रातो कार्ड देखाएका थिए । संकटाकै आन्द्रे थिएरी बिइक बिइकले पनि रातो कार्ड पाएका थिए ।

यस जितसँगै संकटा लिगको चौथो स्थानमा उक्लिएको छ । ९ खेलमा टोलीले ४ जित, ३ बराबरी र २ हारको नतिजा निकाल्यो । यता एपिएफ ११ अंकसहित नवौं स्थानमा छ । एपिएफले ३ जित, २ बराबरी र ४ हारको नतिजा निकालेको छ ।

Published Date: 16 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक