नवनिर्वाचित उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

नवनिर्वाचित उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालद्वारा पदभार ग्रहण : Icon Khabar

काठमाडौं, वैशाख ३ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आजदेखि काठमाडौंको टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । अध्यक्ष ढकालले पदभार ग्रहण गरेलगत्तै साना व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

महांसघको चैत्र २८ र २९ गते बसेको ५७ औं वार्षिक साधारणसभाले ढकाललाई अध्यक्षमा निर्वाचित गरेको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, उपाध्यक्षमा सुरकृष्ण वैद्य, एसोसियट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र कमोडिटी उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

Published Date: 16 April 2023


ताजा
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग