आइतबार नेप्से परिसूचकमा २.८० अंकको गिरावट

आइतबार नेप्से परिसूचकमा २.८० अंकको गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख ३ । आइतबार नेप्से परिसूचक २.८० अंक घटेर १९३१.६८ विन्दुमा झरेको छ।

नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन डेढ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २६५ स्टकको ३३ हजार १४९ पटकको कारोबारमा ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको ३० लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.६५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ्ग, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.९८ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 April 2023
Website | + posts