भक्तपुर औद्योगिक क्षेत्रलाई अबिलम्ब स्थानतरण गर्नुपर्छ: सांसद सुवाल

भक्तपुर औद्योगिक क्षेत्रलाई अबिलम्ब स्थानतरण गर्नुपर्छ: सांसद सुवाल : Icon Khabar

काठमाडौँ, वैशाख ३ । नेपाल मजदूर किसान पार्टि नेमकिपाका सांसद प्रेम सुवालले प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै भक्तपुर औद्योगिक क्षेत्रले भक्तपुर वासीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याइरहेको प्रति चिन्ता ब्यक्त गरे।

वायु प्रदुषणका हिसाबले विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं उपत्यका पहिलो स्थानमा परेको समाचार आइतबार विभिन्न मिडियामा प्रकाशित हुन थालेसँगै सांसद सुवालले संसदमा यो विषय उत्थान गरेका हुन्।

भक्तपुर औद्योगिक क्षेत्र विश्व सम्पदामा सूचिकृत भक्तपुर दरबार नजिक बस्तिबीचमा रहेको र यहाँ टेक्स्टाइल, प्लाष्टिकको उत्पादनमा प्रयोग हुने ध्वनि, धुवाँ र रसायनका कारण वरिपरिका बासिन्दालाइ प्रत्यक्ष हानी भैरहेको प्रति सरकराको ध्यानाकर्षण गराए।

उनले सरकारले गरेको प्रतिबद्वताअनुसार उक्त औद्योगिक क्षेत्रलाई अबिलम्ब स्थान्तरण गर्न आग्रह समेत गरे।

Published Date: 16 April 2023


ताजा
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग