आज पहाडी भू-भागका स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना

आज पहाडी भू-भागका स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, वैशाख ३ । बागमती र गण्डकी प्रदेशको मौसम अहिले आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरुमा हावाहुरी र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका अन्य पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी क्षेत्रका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 April 2023
Website | + posts