आज पहाडी भू-भागका स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना

आज पहाडी भू-भागका स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, वैशाख ३ । बागमती र गण्डकी प्रदेशको मौसम अहिले आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरुमा हावाहुरी र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका अन्य पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी क्षेत्रका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Published Date: 16 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग