हालान्ड चम्कँदा सिटीको सहज जित

हालान्ड चम्कँदा सिटीको सहज जित : Icon Khabar

काठमाडौँ, वैशाख ३ । नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्ड चम्कँदा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ ।

सिटीले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–१ ले पराजित गर्दै शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याएको हो । सिटीको जितमा हालान्डले दुई गोल गर्दा जोन स्टोन्सले एक गोल गरे । लेस्टरका केलिची इहानाँचोले एक गोल फर्काए ।

यस जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ३ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीको ३० खेलबाट ७० अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको आर्सनलको ७३ अंक छ । पराजित लेस्टर ३१ खेलबाट २५ अंक जोडेर १९औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 April 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल