हालान्ड चम्कँदा सिटीको सहज जित

हालान्ड चम्कँदा सिटीको सहज जित : Icon Khabar

काठमाडौँ, वैशाख ३ । नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्ड चम्कँदा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ ।

सिटीले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–१ ले पराजित गर्दै शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याएको हो । सिटीको जितमा हालान्डले दुई गोल गर्दा जोन स्टोन्सले एक गोल गरे । लेस्टरका केलिची इहानाँचोले एक गोल फर्काए ।

यस जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ३ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीको ३० खेलबाट ७० अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको आर्सनलको ७३ अंक छ । पराजित लेस्टर ३१ खेलबाट २५ अंक जोडेर १९औं स्थानमा छ ।

Published Date: 16 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग