नयाँ बर्षको दोश्रो दिन मध्यपुर थिमिमा मनाईयो सिन्दुर जात्रा अर्थात सुथः सिया जात्रा (फोटो फिचर)

नयाँ बर्षको दोश्रो दिन मध्यपुर थिमिमा मनाईयो सिन्दुर जात्रा अर्थात सुथः सिया जात्रा (फोटो फिचर) : Icon Khabar

भक्तपुर, वैशाख २ । भक्तपुरको मध्यपुर थिमिवासीले आज सिन्दूर जात्रा अर्थात सुथः सिया जात्रा मनाएका छन्। आज विहान विभिन्न टोलमा रहेको देवीदेवताहरुको खटसहितको सिन्दुरजात्रा मनाएका हुन्। नयाँ वर्षको भोलिपल्ट मध्यपुर थिमिमा सिन्दुरजात्रा मनाउने गरिन्छ।

सिन्दूर जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए। सिन्दुर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो। जात्रामा चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ।

मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा बोकेर सिन्दुर खेल्दै पूजाआजा गरि यो जात्रा मनाईएको हो।

जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेका छ। यो जात्रा थिमिमा मात्र मनाइन्छ।

 

जात्रामा वेला एकअर्कामा सिन्दुर दलिन्छ भने हातहातमा बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ।

Published Date: 15 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग