नयाँ वर्षको माहोलमा भक्तपुर जिल्लाको नगरकोटदेखि रानीकोटसम्मका होटलहरू पर्यटकले भरिभराउ

नयाँ वर्षको माहोलमा भक्तपुर जिल्लाको नगरकोटदेखि रानीकोटसम्मका होटलहरू पर्यटकले भरिभराउ : Icon Khabar
भक्तपुरको सुर्यविनायक नपामा अवस्थित होटल घ्याम्पे डाँडा

भक्तपुर, वैशाख २ । नयाँ वर्ष २०८० मनाउन विगत तीन वर्षदेखि कोरोना महामारीका कारण ठप्प रहेको भक्तपुर जिल्लाको नगरकोटदेखि रानीकोटसम्मका होटल तथा रिसोर्टहरू विदेशी तथा आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।

सूर्यविनायक नगरपालिकाको गुण्डु र सिपाडोलको संगमस्थलमा रानीकोटका अधिकांश होटल नयाँ वर्षका लागि दुई साताअघिदेखि नै होटल बुकिङ भइसकेको पर्यटन व्यवसायी तथा भिलेज हाईल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बाकेनले बताए ।

रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर सहरको दृश्यबाहेक विभिन्न हिमशृङ्खलाको दृश्य पनि देखिन्छ। यो काभ्रेको सूर्यविनायक र पनौती नगरपालिकाको सिमानामा समुन्द्र सतहबाट २ हजार मिटरको उचाइमा अवस्थित छ ।

त्यसैगरी, घ्याम्पेडाँडा–रानीकोट पक्की सडक बनेपछि पर्यटकको आगमन ह्वात्तै बढेको होटल व्यवसायी तथा होटल घ्याम्पेडाँडाका प्रबन्धक निर्देशक कृष्ण प्रसाद अवालले बताए ।

पर्यटकको चाप बढेसँगै घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जिपलाइन सञ्चालनमा आएको छ भने ठूला होटल निर्माणको काम बढेको छ । आन्तरिक पर्यटकले भरिपूर्ण क्षेत्रमा हाल १४ वटा होटल सञ्चालनमा छन् ।

यसैबीच, नयाँ वर्ष मनाउन नगरकोटका होटल पनि तीन दिनका लागि खचाखच भरिएका छन् । नयाँ वर्षको पहिलो सूर्योदय हेर्न यहाँका होटल पर्यटकले खचाखच भरिएको होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले बताए ।

नगरकोट जाने सडक निर्माण भएमा पर्यटन व्यवसाय फस्टाउँदै जाने लामिछानेले बताए ।

Published Date: 15 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु