नयाँ वर्षको माहोलमा भक्तपुर जिल्लाको नगरकोटदेखि रानीकोटसम्मका होटलहरू पर्यटकले भरिभराउ

नयाँ वर्षको माहोलमा भक्तपुर जिल्लाको नगरकोटदेखि रानीकोटसम्मका होटलहरू पर्यटकले भरिभराउ : Icon Khabar
भक्तपुरको सुर्यविनायक नपामा अवस्थित होटल घ्याम्पे डाँडा

भक्तपुर, वैशाख २ । नयाँ वर्ष २०८० मनाउन विगत तीन वर्षदेखि कोरोना महामारीका कारण ठप्प रहेको भक्तपुर जिल्लाको नगरकोटदेखि रानीकोटसम्मका होटल तथा रिसोर्टहरू विदेशी तथा आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।

सूर्यविनायक नगरपालिकाको गुण्डु र सिपाडोलको संगमस्थलमा रानीकोटका अधिकांश होटल नयाँ वर्षका लागि दुई साताअघिदेखि नै होटल बुकिङ भइसकेको पर्यटन व्यवसायी तथा भिलेज हाईल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बाकेनले बताए ।

रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर सहरको दृश्यबाहेक विभिन्न हिमशृङ्खलाको दृश्य पनि देखिन्छ। यो काभ्रेको सूर्यविनायक र पनौती नगरपालिकाको सिमानामा समुन्द्र सतहबाट २ हजार मिटरको उचाइमा अवस्थित छ ।

त्यसैगरी, घ्याम्पेडाँडा–रानीकोट पक्की सडक बनेपछि पर्यटकको आगमन ह्वात्तै बढेको होटल व्यवसायी तथा होटल घ्याम्पेडाँडाका प्रबन्धक निर्देशक कृष्ण प्रसाद अवालले बताए ।

पर्यटकको चाप बढेसँगै घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जिपलाइन सञ्चालनमा आएको छ भने ठूला होटल निर्माणको काम बढेको छ । आन्तरिक पर्यटकले भरिपूर्ण क्षेत्रमा हाल १४ वटा होटल सञ्चालनमा छन् ।

यसैबीच, नयाँ वर्ष मनाउन नगरकोटका होटल पनि तीन दिनका लागि खचाखच भरिएका छन् । नयाँ वर्षको पहिलो सूर्योदय हेर्न यहाँका होटल पर्यटकले खचाखच भरिएको होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले बताए ।

नगरकोट जाने सडक निर्माण भएमा पर्यटन व्यवसाय फस्टाउँदै जाने लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
0
Published Date: 15 April 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न