नयाँ वर्षको पहिलो दिन, भक्तपुरमा बिस्का: जात्राको रौनक (फोटो फिचर)

नयाँ वर्षको पहिलो दिन, भक्तपुरमा बिस्का: जात्राको रौनक (फोटो फिचर) : Icon Khabar

भक्तपुर, वैशाख १ । वि सं २०८० को आज पहिलो दिन वैशाख १ गते। देशैभरि आज विभिन्न संस्कृतिक तरिकाले मनाइदैछ। नेपालकै सानो जिल्ला भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका, भेलुखेलमा बिहिबार उठाइएको (योसींद्यः) लिङ्गो अनि भैरबनाथको रथ दर्शन गर्न बिहानै देखि जात्रालुहरुको भीड लागिरहेको छ।

भक्तपुरमा मनाईने यो जात्रा विश्व प्रशिद्व छ। नेपालको परिचय विश्व सामु पुर्याउन भक्तपुर को यो ऐतिहासिक जात्राले धेरै टेवा पुर्याइएको छ। अघिल्लो साल चैत महिनाको २७ गते देखि वैशाख ५ गते सम्म ८ रात ९ दिन सम्म संचालन हुने यो जात्रा सूचारु हुन्छ।

भक्तपुरको बिस्का:जात्रा बर्षभरि यहाँ मनाईने विभिन्न जात्राहरुमध्ये सवैभन्दा लामो अनि महत्वपूर्ण जात्रा मानिन्छ ।

भक्तपुरको बिस्का जात्रा काठमाण्डौं उपत्यका र वरपरको तत्कालिन नेपाल मण्डलमा मनाउने विभिन्न जात्राहरुमध्ये एक महत्वपूर्ण जात्रा संस्कृति हो । भैरव, भद्रकाली , योसींद्यः को प्रमुख जात्रा हुने यो जात्राको प्राचीन स्वरुप चैत्र मसान्तको दिन योसीं द्यः उठाउने र बैशाखको पहिलो दिन उक्त योसीं ढाल्नु हो ।

योसींद्यः मा एकजोडा ध्वजा हुन्छ । जसलाई कतै नागनागिनी भनि विभिन्न आख्यान किवंदन्ति प्रचलित छ । यहि ध्वजा नै बिश्वकेतु हो । जसलाई यहाँको स्थानीय भाषामा हलिंंपत भनिन्छ ।

जहाँ हलिंं भन्नाले विश्व अनि पत भन्नाले ध्वजा भनेर स्पष्ट छ । पछिल्ला समयमा यो विश्वध्वज अर्थात हलिंपत बिजयको प्रतिक वीर ध्वजा बाट समेत चिनियो। जहाँ एउटा ३५ हात लामो जसलाई भाले र अर्को ३४ हात लामो लाई पोथी मानिन्छ । र यो नागनागिनी पनि भनिन्छ ।

तर यसमा कुँदिएका अष्टमंगलका चिन्हहरु, भैरब, गणेश, त्रिशुल, षटकोण, त्रिकोण अग्नि ,शक्ति, बञ्चरो, ईन्द्रको बज्र, हिटिमगं, अनेक मण्डलचित्रहरु, चन्द्र सूर्य, फूलमालाहरु, कमलको फुल लगायत अनेक तान्त्रिक चित्रहरुबाट सु–सज्जित हुने क्रममा कतै नागनागिनीको संकेत भेटिदैन ।

बिस्का जात्रा भित्र द्यःक्वाँहा बिज्याकेगु जात्रा, द्यःथाहाँ बिज्याकेगु भनिने भैरब भद्रकालीको जात्रा, योसीं थनेगु, योसीं क्वथेगु भनि चिनिने लिगों जात्रा, दुमाजु जात्रा, इन्द्रायणीको त्वारिवा जात्रा, बाराहीको टिप्वाः जात्रा, महाकाली महालक्ष्मीको ख जात्रा, ब्रह्मायणी माहेश्वरीको ख जात्रा, जेठागणेश बुल्चा भैरबको ख जात्रा, इनारे गणेश(सूर्यविनायक गणेश)को ख जात्रा, ल्हाः मरु योसीं जात्रा, छुम्ह गणेश जात्रा, द्यःस्वगं बियेगु जात्रा जस्ता थुप्रै जात्राहरु हुन्छ ।

Published Date: 14 April 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता