एपीएफ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा

एपीएफ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, चैत ३० । विभागीय टोली नेपाल एपीएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई २३–२५, २५–१८, २५–१२ र २५–२१ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो ।

प्रतियोगितामा एपीएफसहित ३ विभागीय टोली सहभागी भएकोमा नेपाल आर्मी र नेपाल प्रहरीले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । गण्डकी प्रदेश पनि सेमिफाइनलमा पुगिसकेको छ ।

पहिलो सेमिफाइनलमा एपीएफको भेट आर्मीसंग हुनेछ । दोश्रो सेमिफाइनल प्रहरी र गण्डकीबीच हुनेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 April 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न