एपीएफ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा

एपीएफ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, चैत ३० । विभागीय टोली नेपाल एपीएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई २३–२५, २५–१८, २५–१२ र २५–२१ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो ।

प्रतियोगितामा एपीएफसहित ३ विभागीय टोली सहभागी भएकोमा नेपाल आर्मी र नेपाल प्रहरीले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । गण्डकी प्रदेश पनि सेमिफाइनलमा पुगिसकेको छ ।

पहिलो सेमिफाइनलमा एपीएफको भेट आर्मीसंग हुनेछ । दोश्रो सेमिफाइनल प्रहरी र गण्डकीबीच हुनेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।

Published Date: 13 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग