भक्तपुर, चैत ३० । भक्तपुरको सल्लाघारीमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ जारी छ। औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा भक्तपुर भईरहेको सो महोत्सवमा काठमाडौँ लगायत विभिन्न ठाउँबाट उपस्थितिको संख्या उल्लेख्य रहेको छ।
औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार यहाँ रहेका सम्पूर्ण स्टलहरुले आजसम्म करिब २ करोड रुपैंयाको कारोवार गरिसकेका छन्।
भोली शुक्रबार नेपालीहरुको नयाँ वर्षको दिन भक्तपुर महोत्सवमा सांगीतिक धमाका हुने भएको छ । भोली वैशाख १ गते मध्यपुर ब्वाइज ब्याण्ड, दी रोयल ब्याण्ड, शशी गुरुङ, बिसो आरके, सरिता भारती, लक्ष्मी मल्ल, प्रीति रिमाल, भिम बिस्ट, अनित बिस्ट, रमेश श्रेष्ठ, बिन्दास इन्द्र र सुमन कुमार श्रेष्ठको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
Published Date: 13 April 2023