नववर्षको पहिलो दिन ‘सातौं भक्तपुर महोत्सवमा विभिन्न कलाकारहरुको प्रस्तुति रहने

नववर्षको पहिलो दिन ‘सातौं भक्तपुर महोत्सवमा विभिन्न कलाकारहरुको प्रस्तुति रहने : Icon Khabar

भक्तपुर, चैत ३० । भक्तपुरको सल्लाघारीमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ जारी छ। औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा भक्तपुर भईरहेको सो महोत्सवमा काठमाडौँ लगायत विभिन्न ठाउँबाट उपस्थितिको संख्या उल्लेख्य रहेको छ।

औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार यहाँ रहेका सम्पूर्ण स्टलहरुले आजसम्म करिब २ करोड रुपैंयाको कारोवार गरिसकेका छन्।

भोली शुक्रबार नेपालीहरुको नयाँ वर्षको दिन भक्तपुर महोत्सवमा सांगीतिक धमाका हुने भएको छ । भोली वैशाख १ गते मध्यपुर ब्वाइज ब्याण्ड, दी रोयल ब्याण्ड, शशी गुरुङ, बिसो आरके, सरिता भारती, लक्ष्मी मल्ल, प्रीति रिमाल, भिम बिस्ट, अनित बिस्ट, रमेश श्रेष्ठ, बिन्दास इन्द्र र सुमन कुमार श्रेष्ठको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

Published Date: 13 April 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली