हाङझाव एसियाडको तयारी प्रशिक्षण बैशाखदेखि

हाङझाव एसियाडको तयारी प्रशिक्षण बैशाखदेखि : Icon Khabar

काठमाडौं, चैत २९ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षण बैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराए ।

पहिलो चरणको प्रशिक्षण बैशाख ११ देखि जेठ ३ गतेसम्म हुने भएको छ । त्यसमा ४ सय २५ खेलाडी सहभागी हुने छन् । २ सय ९५ खेलाडी सहभागी हुने दोश्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ । अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम चरणमा खेलाडी संख्या १ सय ६८ कायम हुनेछ ।

प्रशिक्षण सुरु हुनुअघि बैशाख ३ देखि ७ गतेसम्म खेलाडी छनोट प्रतियोगिता हुनेछ । यो अवधिमा छनोट गर्न असमर्थ हुने खेलको हकमा भने औचित्य पुष्टीसहित समय हेरफेर गर्न सकिने सदस्य–सचिव घिसिङले जानकारी दिए । सदस्य–सचिव घिसिङले हाल तयारी प्रशिक्षणका लागि २ करोड बजेट प्राप्त भएको बताउदै थप बजेट पनि प्रदान गर्ने अर्थ मन्त्रालयले प्रतिबद्धता जनाएको जानकारी गराए ।

‘तयारी प्रशिक्षणका लागि अहिले २ करोड बजेट छ । यतिले पुग्दैन । नपुग रकम अर्थ मन्त्रालयले दिने प्रतिबद्धता जनाएको छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘प्रशिक्षण करिब साढे पाँच महिना चल्छ । कुनैपनि हालतमा प्रशिक्षण रोकिदैन ।’

नेपालले हाङझाव एसियाडमा सहभागिता जनाउने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् । एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुनेछ ।

Published Date: 12 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग