पछिल्लो दिनमा नेप्से परिसूचकमा सुधार, बुधबार ४.९३ प्रतिशतले बढ्यो नेप्से

पछिल्लो दिनमा नेप्से परिसूचकमा सुधार, बुधबार ४.९३ प्रतिशतले बढ्यो नेप्से : Icon Khabar

काठमाडौँ, चैत २९ । बुधबार नेप्से परिसूचक ४.९३ प्रतिशत अर्थात ९२.२२ अंक बढेर १९६३.५५ विन्दुमा पुगेको छ।

आज नेप्सेसँगै कारोबार रकममा पनि बढेको छ। आज २६७ स्टकको ४७ हजार २८५ पटकको कारोबारमा १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको ६१ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक करिब ७ प्रशित बढेको छ। त्यसैगरी, लघुवित्त, बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ। योसँगै जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 12 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग