नेपाल उद्योग बाणिज्य महासंघको जारी चुनावमा दिउँसो २:३० बजेसम्म आठ सय बढी मत खस्यो

नेपाल उद्योग बाणिज्य महासंघको जारी चुनावमा दिउँसो २:३० बजेसम्म आठ सय बढी मत खस्यो : Icon Khabar

काठमाडौँ, चैत २९ । नेपाल उद्योग बाणिज्य महासंघको जारी चुनावमा साढे दुई बजेसम्म आठ सय बढी मत खसेको छ । काठमाडौको प्रज्ञा प्रतिष्ठानमा भइरहेको निर्वाचनमा बस्तुगत तर्फ १२३ मतदाता मध्य १०२ मत खसिसकेको महासंघ निर्वाचन अधिकृत लिलामणि पौडेलले बताए ।

त्यसैगरी जिल्ला नगरमा ११७ मतदाता मध्य ६९ मत खसिसकेको उनको भनाई छ । त्यस्तै एसोशिएटतर्फ १७४८ मतदाता रहेकोमा हालसम्म एसोसियट तर्फ ६०० माथि मत खसिसकेको छ ।

महासंघ निर्वाचन अधिकृत लिलामणि पौडेलले भोट धमाधम खसिरहेको र साँझ ६ बजेसम्म सबै मत खस्ने अनुमान गरिएको बताए । यस्तै द्वि राष्ट्रियतर्फ ५ जना मतदाता छन् । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएट तर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने बताइएको छ ।

Published Date: 12 April 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग