नेपाल उद्योग बाणिज्य महासंघको जारी चुनावमा दिउँसो २:३० बजेसम्म आठ सय बढी मत खस्यो

नेपाल उद्योग बाणिज्य महासंघको जारी चुनावमा दिउँसो २:३० बजेसम्म आठ सय बढी मत खस्यो : Icon Khabar

काठमाडौँ, चैत २९ । नेपाल उद्योग बाणिज्य महासंघको जारी चुनावमा साढे दुई बजेसम्म आठ सय बढी मत खसेको छ । काठमाडौको प्रज्ञा प्रतिष्ठानमा भइरहेको निर्वाचनमा बस्तुगत तर्फ १२३ मतदाता मध्य १०२ मत खसिसकेको महासंघ निर्वाचन अधिकृत लिलामणि पौडेलले बताए ।

त्यसैगरी जिल्ला नगरमा ११७ मतदाता मध्य ६९ मत खसिसकेको उनको भनाई छ । त्यस्तै एसोशिएटतर्फ १७४८ मतदाता रहेकोमा हालसम्म एसोसियट तर्फ ६०० माथि मत खसिसकेको छ ।

महासंघ निर्वाचन अधिकृत लिलामणि पौडेलले भोट धमाधम खसिरहेको र साँझ ६ बजेसम्म सबै मत खस्ने अनुमान गरिएको बताए । यस्तै द्वि राष्ट्रियतर्फ ५ जना मतदाता छन् । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएट तर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 April 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने