राष्ट्रिय सहकारी बैंकको एकाई स्तरको १९ औं वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय सहकारी बैंकको  एकाई स्तरको १९ औं वार्षिक साधारण सभा सम्पन्न : Icon Khabar

काठमाण्डौ,पुष १६ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको एकाई स्तरिय १९ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभामा बैंकको आ.व २०७८/०७९ वार्षिक प्रगति प्रतिवेदन तथा आ.व २०७९/०८० को प्रस्तावित बजेट बैंकका अध्यक्ष के.बी उप्रेतिले प्रस्तुत गरेका थिए।

लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक लक्ष्मी प्रसाद उप्रेतीले प्रस्तुत गरेका थिए । बागमती प्रदेशमा प्रस्तुत प्रतिवेदनहरु भर्चुअल माध्यबाट अन्य प्रदेशको साधारण सभामा हेर्ने व्यवस्था मिलाइएको थियो ।

१९ औं वार्षिक साधारण सभा प्रदेश एकको विराटनगर मोरङ, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा गरि जम्मा सात एकाईमा भएको थियो ।

साधारण सभामा बैंकको विभिन्न विधामा पुरस्कारहरु घोषणा भएको थियो । प्रदेश स्तरीय साधारण सभाबाट पुष १८ गने हुने केन्द्रिय सभाको निर्णय प्रमाणित गर्न सबै प्रदेशबाट प्रतिनिधिहरु छनोट भएका थिए।

Published Date: 31 December 2022


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर