आफ्नो संसदको अडियो मुद्दामा रास्वपाले सदनमा मागे माफी

आफ्नो संसदको अडियो मुद्दामा रास्वपाले सदनमा मागे माफी : Icon Khabar

काठमाडौं, चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टीले चिकित्सा व्यवसायी दुर्गा प्रसाईंसँग पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ माग गरेको अडियो टेप सार्वजनिक भएकोमा माफी मागेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा राप्रपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभा सदस्यको मर्यादामा पर्न गएको समस्याप्रति क्षमायाचना गरेका छन् ।

उनले भने, ‘हाम्रा प्रतिनिधि सभा सदस्य मार्फत तपाईको सम्मानमा पर्न गएको समस्याप्रति क्षमायाचना गर्न चाहन्छौं । “यो घटनाबाट हामी विचलित हुने छैनौं। यस्ता घटनाबाट राष्ट्रिय दलहरू टाढै रहनुपर्छ ।”

प्रतिनिधिसभा सदस्य श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न रवि लामिछाने नजिकका व्यक्तिलाई दुई करोड रुपैयाँ दिनुपर्ने भन्दै व्यापारी प्रसाईलाई सहयोग गर्न आग्रह गरेको अडियोटेप सार्वजनिक भएको छ ।

अडियो सार्वजनिक भएपछि प्रमुख सचेतक परियारले रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको बताए ।

तर, यस्तो घटना पहिलो पटक नभएको उनले बताए ।

‘नेपालको राजनीतिमा यो पहिलो घटना होइन। यस्ता घटना विगतमा पनि भएका छन् । ती सबैको सत्यतथ्य छानबिन गर्न सकियो भने लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता झन् बढ्छ भन्ने लाग्छ,’ प्रमुख सचेतक परियारले भने ।

Published Date: 10 April 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी