भक्तपुर महोत्सवः पाचौं दिनसम्म करिब २ करोड कारोवार

भक्तपुर महोत्सवः पाचौं दिनसम्म करिब २ करोड कारोवार : Icon Khabar

भक्तपुर, चैत २७ । नयाँ वर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ जारी छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव भइरहेको छ ।

भक्तपुरको अरनिको राजमार्गसंगै सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा जग्गामा जारी महोत्सवमा २ सय भन्दा बढी स्टल रहनका छन् । औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार यहाँ रहेका सम्पूर्ण स्टलहरुले करिब आजसम्म करिब २ करोड रुपैंया कारोवार गर्नेछन् । करिव १ लाख मानिसले महोत्सव अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

स्टलहरुमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडा, सवारसाधानलगायतका स्टलहरु रहेका छन् ।

हामीले हरेका सामाग्रीमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं, अध्यक्ष महतले भने । आज पाचौं दिनसम्म आम सर्वसाधरणमा महोत्सवमा उल्लेखिए सहभागीता रहेको र धेरै अवलोकनकर्ताहरु अधिकांश स्टलमा गएर उत्सुकता दिएर हेर्नु भएको छ, उनले भने ।

महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दैनिक दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहेको औद्योगिक शान्ति नेपाल संस्था अध्यक्ष सन्दिप महतले बताए । आयोजकले प्रवेश शुल्क रु. ५० र ७० तोकेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरेको छ ।

यो महोत्सव २०८० साल बैशाख ३ गतेसम्म आयोजना हुने संयोजक दीपक थापाले जानकारी दिएका छन् ।

Published Date: 10 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर