भक्तपुर महोत्सवः पाचौं दिनसम्म करिब २ करोड कारोवार

भक्तपुर महोत्सवः पाचौं दिनसम्म करिब २ करोड कारोवार : Icon Khabar

भक्तपुर, चैत २७ । नयाँ वर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ जारी छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव भइरहेको छ ।

भक्तपुरको अरनिको राजमार्गसंगै सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा जग्गामा जारी महोत्सवमा २ सय भन्दा बढी स्टल रहनका छन् । औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार यहाँ रहेका सम्पूर्ण स्टलहरुले करिब आजसम्म करिब २ करोड रुपैंया कारोवार गर्नेछन् । करिव १ लाख मानिसले महोत्सव अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

स्टलहरुमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडा, सवारसाधानलगायतका स्टलहरु रहेका छन् ।

हामीले हरेका सामाग्रीमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं, अध्यक्ष महतले भने । आज पाचौं दिनसम्म आम सर्वसाधरणमा महोत्सवमा उल्लेखिए सहभागीता रहेको र धेरै अवलोकनकर्ताहरु अधिकांश स्टलमा गएर उत्सुकता दिएर हेर्नु भएको छ, उनले भने ।

महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दैनिक दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहेको औद्योगिक शान्ति नेपाल संस्था अध्यक्ष सन्दिप महतले बताए । आयोजकले प्रवेश शुल्क रु. ५० र ७० तोकेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरेको छ ।

यो महोत्सव २०८० साल बैशाख ३ गतेसम्म आयोजना हुने संयोजक दीपक थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 April 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने