सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज

सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज : Icon Khabar
TourismMinistry

काठमाडौं, चैत २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । त्यस्ता सबै नियुक्ति पर्यटन मन्त्रीस्तरीय निर्णयबाट खारेज गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए ।

पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरी सबै वर्तमान सद्भावना दूतलाई बर्खास्त गरिएको मन्त्री किरातीले जानकारी दिए । तर, नयाँ कार्यविधिले प्रक्रिया पूरा गरेर पुनः नियुक्तिको बाटो खुला गरेको छ ।

यसअघि कार्यविधि लागू हुनुअघि पर्यटन सद्भावना दूत नियुक्त भइसकेको थियो। मन्त्रालयले ‘सद्भावना दूत’ शब्दलाई ‘पर्यटन प्रवद्र्धक’ले प्रतिस्थापन गरेको छ ।

त्यसैगरी, नेपालगञ्ज विमानस्थलबाट भारतका विभिन्न सहरमा उडान गर्न पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 April 2023
Website | + posts




ताजा
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
आजदेखि सिनेमा हलमा ‘परान’
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने