सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज

सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज : Icon Khabar
TourismMinistry

काठमाडौं, चैत २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । त्यस्ता सबै नियुक्ति पर्यटन मन्त्रीस्तरीय निर्णयबाट खारेज गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए ।

पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरी सबै वर्तमान सद्भावना दूतलाई बर्खास्त गरिएको मन्त्री किरातीले जानकारी दिए । तर, नयाँ कार्यविधिले प्रक्रिया पूरा गरेर पुनः नियुक्तिको बाटो खुला गरेको छ ।

यसअघि कार्यविधि लागू हुनुअघि पर्यटन सद्भावना दूत नियुक्त भइसकेको थियो। मन्त्रालयले ‘सद्भावना दूत’ शब्दलाई ‘पर्यटन प्रवद्र्धक’ले प्रतिस्थापन गरेको छ ।

त्यसैगरी, नेपालगञ्ज विमानस्थलबाट भारतका विभिन्न सहरमा उडान गर्न पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।

Published Date: 10 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर