आर्सनलसँग लिभरपुलको रोमान्चक बराबरी

आर्सनलसँग लिभरपुलको रोमान्चक बराबरी : Icon Khabar

काठमाडौं, चैत २७ । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल घरेलु टोली लिभरपुलसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुलसँग २-२ गोलको बराबरी खेलेको हो ।

आर्सनलका गाव्रिएल मार्टिनेली र गाव्रिएल जेससले गोल गर्दा लिभरपुलका मोहम्मद सलाह र रोबर्टाे फिर्मिनोले बराबरी गोल फर्काए ।

खेलको आठौं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । खेलको ४२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याए ।

खेलको ५४ औं मिनेटमा लिभरपुलका सलाह पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार बाहिरिएको थियो । तर, खेलको ८७ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै शीर्षस्थानमा रहेको आर्सनलले आफ्नो अग्रता थप बढाउने मौका गुमाएको छ । आर्सनलले शीर्षस्थानमा ६ अंकको अग्रता कायम गरेको छ ।

आर्सनलको ३० खेलबाट ७३ अंक रहँदा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ६७ अंक छ । लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 April 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने