आर्सनलसँग लिभरपुलको रोमान्चक बराबरी

आर्सनलसँग लिभरपुलको रोमान्चक बराबरी : Icon Khabar

काठमाडौं, चैत २७ । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल घरेलु टोली लिभरपुलसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुलसँग २-२ गोलको बराबरी खेलेको हो ।

आर्सनलका गाव्रिएल मार्टिनेली र गाव्रिएल जेससले गोल गर्दा लिभरपुलका मोहम्मद सलाह र रोबर्टाे फिर्मिनोले बराबरी गोल फर्काए ।

खेलको आठौं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । खेलको ४२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याए ।

खेलको ५४ औं मिनेटमा लिभरपुलका सलाह पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार बाहिरिएको थियो । तर, खेलको ८७ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै शीर्षस्थानमा रहेको आर्सनलले आफ्नो अग्रता थप बढाउने मौका गुमाएको छ । आर्सनलले शीर्षस्थानमा ६ अंकको अग्रता कायम गरेको छ ।

आर्सनलको ३० खेलबाट ७३ अंक रहँदा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ६७ अंक छ । लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा छ ।

Published Date: 10 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर