मन्टेश्वरी एजुकेशन स्कुल सुर्यविनायकमा स्काउट प्याक होलिडे कार्यक्रम सम्पन्न

मन्टेश्वरी एजुकेशन स्कुल सुर्यविनायकमा स्काउट प्याक होलिडे कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २६ । मन्टेश्वरी एजुकेशन स्कुल, सुर्यविनायक भक्तपुर अन्तर्गत संचालित मन्टेश्वरी एजुकेशन स्काउट प्याकको आयोजनामा भक्तपुर जिल्लामै पहिलो पटक स्काउट प्याक होलिडे कार्यक्रम शनिबार सम्पन्न भयो ।

कार्यक्रममा आफ्ना स्काउट शिक्षकको सहयोगमा स्काउट कब ब्राउनी भाई बहिनीहरुले विभिन्न क्राफ्ट तथा खानाका परिकारहरुको स्टल राखी आफ्ना अभिभावकहरुलाई आमन्त्रण गरि ति सामाग्री एवं परिकारहरु विक्री वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्काउटर अच्यूत प्रजापतिका अनुसार यस कार्यक्रमबाट कब ब्राउनी स्काउटहरुले एक आपसमा कसरी समन्वय गर्ने भन्ने कुरा सिक्ने जानकारी दिए। प्रजापतिले स्काउट कब ब्राउनीको लागि आयोजना गर्ने यस्ता कार्यक्रमले विविध शिप विकास हुनुका साथै बालबालिकामा राम्रो बोलीचालीका भाषाहरु विकास हुने र नेतृत्वकारी भूमिका निभाउन सहयोग पुग्ने बताए ।

उक्त स्काउट प्याक होलिडे मा १० वटा विभिन्न स्टलहरु राखिएको थियो। विद्यालयका धेरै अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । विद्यालयका ३५ जना कब ब्राउनी स्काउट भाई बहिनीहरुको सहभागिता रहेको सो स्काउट प्याक होलिडे कार्यक्रम विद्यायलको प्राङ्गणमै सम्पन्न भएको हो।

Published Date: 09 April 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय