मन्टेश्वरी एजुकेशन स्कुल सुर्यविनायकमा स्काउट प्याक होलिडे कार्यक्रम सम्पन्न

मन्टेश्वरी एजुकेशन स्कुल सुर्यविनायकमा स्काउट प्याक होलिडे कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २६ । मन्टेश्वरी एजुकेशन स्कुल, सुर्यविनायक भक्तपुर अन्तर्गत संचालित मन्टेश्वरी एजुकेशन स्काउट प्याकको आयोजनामा भक्तपुर जिल्लामै पहिलो पटक स्काउट प्याक होलिडे कार्यक्रम शनिबार सम्पन्न भयो ।

कार्यक्रममा आफ्ना स्काउट शिक्षकको सहयोगमा स्काउट कब ब्राउनी भाई बहिनीहरुले विभिन्न क्राफ्ट तथा खानाका परिकारहरुको स्टल राखी आफ्ना अभिभावकहरुलाई आमन्त्रण गरि ति सामाग्री एवं परिकारहरु विक्री वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्काउटर अच्यूत प्रजापतिका अनुसार यस कार्यक्रमबाट कब ब्राउनी स्काउटहरुले एक आपसमा कसरी समन्वय गर्ने भन्ने कुरा सिक्ने जानकारी दिए। प्रजापतिले स्काउट कब ब्राउनीको लागि आयोजना गर्ने यस्ता कार्यक्रमले विविध शिप विकास हुनुका साथै बालबालिकामा राम्रो बोलीचालीका भाषाहरु विकास हुने र नेतृत्वकारी भूमिका निभाउन सहयोग पुग्ने बताए ।

उक्त स्काउट प्याक होलिडे मा १० वटा विभिन्न स्टलहरु राखिएको थियो। विद्यालयका धेरै अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । विद्यालयका ३५ जना कब ब्राउनी स्काउट भाई बहिनीहरुको सहभागिता रहेको सो स्काउट प्याक होलिडे कार्यक्रम विद्यायलको प्राङ्गणमै सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 09 April 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू