ढाकाकुमारसँग रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

ढाकाकुमारसँग रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण : Icon Khabar

काठमाडौं, चैत २६ । व्यापारी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडियो क्लिप बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाका कुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन आग्रह गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार दिउँसो एक विज्ञप्ति जारी गरी सार्वजनिक भएको अडियोलाई पार्टीले गम्भीरतापूर्वक लिएको जनाएको छ । टेलिफोन वार्ताको विषयमा छानबिन गरी तीन दिनभित्र प्रतिवेदन केन्द्रीय समितिलाई बुझाउन पार्टीको केन्द्रीय अनुशासन तथा आचार समितिलाई निर्देशन दिइएको रास्वपाले जनाएको छ ।

छानबिन नभएसम्म श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यको भूमिकामा नरहन निर्देशन दिइएको छ । साथै २४ घण्टाभित्र केन्द्रीय अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण पेश गर्न भनिएको छ ।

Published Date: 09 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर