ढाकाकुमारसँग रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

ढाकाकुमारसँग रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण : Icon Khabar

काठमाडौं, चैत २६ । व्यापारी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडियो क्लिप बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाका कुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन आग्रह गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार दिउँसो एक विज्ञप्ति जारी गरी सार्वजनिक भएको अडियोलाई पार्टीले गम्भीरतापूर्वक लिएको जनाएको छ । टेलिफोन वार्ताको विषयमा छानबिन गरी तीन दिनभित्र प्रतिवेदन केन्द्रीय समितिलाई बुझाउन पार्टीको केन्द्रीय अनुशासन तथा आचार समितिलाई निर्देशन दिइएको रास्वपाले जनाएको छ ।

छानबिन नभएसम्म श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यको भूमिकामा नरहन निर्देशन दिइएको छ । साथै २४ घण्टाभित्र केन्द्रीय अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण पेश गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 April 2023
Website | + posts
ताजा
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू