मेयर शाहको निर्देशनपछि सिंहदरबारको फोहोर उठेन, आइतबारदेखि सिंहदरबारबाट फोहोर सङ्कलन बन्द

मेयर शाहको निर्देशनपछि सिंहदरबारको फोहोर उठेन, आइतबारदेखि सिंहदरबारबाट फोहोर सङ्कलन बन्द : Icon Khabar

काठमाडौं, चैत २६ । मेयर बालेन्द्र शाहको निर्देशनपछि सिंहदरबारको फोहोर संकलन कार्य रोकिएको छ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि सिंहदरबारबाट फोहोर सङ्कलन बन्द गरेको छ ।

महानगरको काममा सिंहदरबारले असहयोग गरेको भन्दै मेयर शाहले शुक्रबार कामपाले फोहोर नउठाउने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । सो घोषणालाई आधार मानेर कामपाले सिंहदरबारको फोहोर उठाएको छैन ।

‘हाम्रो वडामा सिंहदरबारबाहेक सबै ठाउँबाट फोहोर उठ्ने गरेको छ,’ वडा नम्बर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले भने ।

फोहोर व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले मेयर शाहले बोलाएर सिंहदरबार परिसरको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर उठाउन नसकेको बताए । ‘हामी सिंहदरबारबाट फोहोर उठाएर बञ्चरेडाँडा लैजान गइरहेका थियौँ, तर मेयरले बोलाएर त्यसो नगर्नू भनेपछि रोकेका थियौँ ।

फोहोर सङ्कलन गर्ने जिम्मा लिएको परिवर्तन सेवा प्रालिका सञ्चालक समेत रहेका घिमिरेका अनुसार सिंहदरबारबाट दैनिक पाँच टन कुहिने र कुहिन नहुने गरी पाँच टन फोहोर उठ्ने गरेको छ । घिमिरेले सिंहदरबारबाट संकलन हुने फोहोर बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा लैजाने गरेको बताए ।

सहरी विकास मन्त्रालयसँगको ठेक्कामा परिवर्तन सेवा प्रालिले सिंहदरबारबाट फोहोर संकलन गर्दै आएको थियो । सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले घिमिरेलाई फोन गरेर फोहोर उठाउन निर्देशन दिए पनि मेयर बलेनले भने, ‘सिंहदरबारको फोहोर बञ्चरेडाँडामा जानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 April 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू