मेयर शाहको निर्देशनपछि सिंहदरबारको फोहोर उठेन, आइतबारदेखि सिंहदरबारबाट फोहोर सङ्कलन बन्द

मेयर शाहको निर्देशनपछि सिंहदरबारको फोहोर उठेन, आइतबारदेखि सिंहदरबारबाट फोहोर सङ्कलन बन्द : Icon Khabar

काठमाडौं, चैत २६ । मेयर बालेन्द्र शाहको निर्देशनपछि सिंहदरबारको फोहोर संकलन कार्य रोकिएको छ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि सिंहदरबारबाट फोहोर सङ्कलन बन्द गरेको छ ।

महानगरको काममा सिंहदरबारले असहयोग गरेको भन्दै मेयर शाहले शुक्रबार कामपाले फोहोर नउठाउने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । सो घोषणालाई आधार मानेर कामपाले सिंहदरबारको फोहोर उठाएको छैन ।

‘हाम्रो वडामा सिंहदरबारबाहेक सबै ठाउँबाट फोहोर उठ्ने गरेको छ,’ वडा नम्बर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले भने ।

फोहोर व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले मेयर शाहले बोलाएर सिंहदरबार परिसरको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर उठाउन नसकेको बताए । ‘हामी सिंहदरबारबाट फोहोर उठाएर बञ्चरेडाँडा लैजान गइरहेका थियौँ, तर मेयरले बोलाएर त्यसो नगर्नू भनेपछि रोकेका थियौँ ।

फोहोर सङ्कलन गर्ने जिम्मा लिएको परिवर्तन सेवा प्रालिका सञ्चालक समेत रहेका घिमिरेका अनुसार सिंहदरबारबाट दैनिक पाँच टन कुहिने र कुहिन नहुने गरी पाँच टन फोहोर उठ्ने गरेको छ । घिमिरेले सिंहदरबारबाट संकलन हुने फोहोर बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा लैजाने गरेको बताए ।

सहरी विकास मन्त्रालयसँगको ठेक्कामा परिवर्तन सेवा प्रालिले सिंहदरबारबाट फोहोर संकलन गर्दै आएको थियो । सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले घिमिरेलाई फोन गरेर फोहोर उठाउन निर्देशन दिए पनि मेयर बलेनले भने, ‘सिंहदरबारको फोहोर बञ्चरेडाँडामा जानु हुँदैन ।

Published Date: 09 April 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा