ऐतिहासिक बिस्का: जात्रा मर्यादित रुपमा सम्पन्न गर्न सुरक्षा निकायका प्रमुखहरुबीच भक्तपुरमा तयारी बैठक सम्पन्न

ऐतिहासिक बिस्का: जात्रा मर्यादित रुपमा सम्पन्न गर्न सुरक्षा निकायका प्रमुखहरुबीच भक्तपुरमा तयारी बैठक सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २६ । भोलिबाट सुरु हुने भक्तपुरको ऐतिहासिक बिस्का: जात्रा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न आइतबार सुरक्षा निकायका प्रमुखहरुसँग तयारी बैठक सम्पन्न भयो ।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुर जिल्लाका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुकछेँ, भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, इन्द्र बक्स गणका गणपति श्यामराजा विक्रम थापा, गणपति दिनेशकुमार महत, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भक्तपुरका प्रमुख प्रकाश आचार्य, सहायक सीडिओ माधवप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो।

नयाँ वर्ष २०८० को आगमनसँगै २०७९ चैत २७ गतेबाट सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ भक्तपुरमा मनाइने जात्रा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 April 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू