ऐतिहासिक बिस्का: जात्रा मर्यादित रुपमा सम्पन्न गर्न सुरक्षा निकायका प्रमुखहरुबीच भक्तपुरमा तयारी बैठक सम्पन्न

ऐतिहासिक बिस्का: जात्रा मर्यादित रुपमा सम्पन्न गर्न सुरक्षा निकायका प्रमुखहरुबीच भक्तपुरमा तयारी बैठक सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २६ । भोलिबाट सुरु हुने भक्तपुरको ऐतिहासिक बिस्का: जात्रा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न आइतबार सुरक्षा निकायका प्रमुखहरुसँग तयारी बैठक सम्पन्न भयो ।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुर जिल्लाका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुकछेँ, भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, इन्द्र बक्स गणका गणपति श्यामराजा विक्रम थापा, गणपति दिनेशकुमार महत, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भक्तपुरका प्रमुख प्रकाश आचार्य, सहायक सीडिओ माधवप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो।

नयाँ वर्ष २०८० को आगमनसँगै २०७९ चैत २७ गतेबाट सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ भक्तपुरमा मनाइने जात्रा हो ।

Published Date: 09 April 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली