मेस्सी चम्कँदा पिएसजीको जित

मेस्सी चम्कँदा पिएसजीको जित : Icon Khabar

काठमाडौँ, चैत २६ । अर्जेन्टिनी कप्तान तथा फरवार्ड लियोनेल मेस्सीले एक गोलसँगै असिस्ट प्रदान गरेपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित दर्ता गरेको छ ।

पिएसजीले घरेलु टोली नाइसमाथि २–० को सहज जित हात पारेको हो । एक गाेल डिफेन्डर सर्जियो रामोसकाे नाममा रह्याे ।मेस्सीले पहिलो हाफमा तथा रामोसले दोस्रो हाफमा गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलको २६औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । मेस्सीले नुनो मेन्डेसको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ७६औं मिनेटमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले मेस्सीकै पासमा गोल गर्न सफल भएका थिए ।

पिएसजीसँगको हारसँगै नाइसको १५औं खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ । ७ जनवरी २०२३ मा कप डि फ्रान्समा ले पुईसँग १–० ले पराजित भएयता नाइस १४ खेलसम्म अपराजित रहेको थियो । जसमा ८ जित र ६ बराबरीको नतिजा रहेको थियो ।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ । पिएसजीको ३० खेलबाट ६९ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको लेन्सको ६३ अंक छ । पराजित नाइस ४५ अंक जोडेर आठौं स्थानमा छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 April 2023
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)