मेस्सी चम्कँदा पिएसजीको जित

मेस्सी चम्कँदा पिएसजीको जित : Icon Khabar

काठमाडौँ, चैत २६ । अर्जेन्टिनी कप्तान तथा फरवार्ड लियोनेल मेस्सीले एक गोलसँगै असिस्ट प्रदान गरेपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित दर्ता गरेको छ ।

पिएसजीले घरेलु टोली नाइसमाथि २–० को सहज जित हात पारेको हो । एक गाेल डिफेन्डर सर्जियो रामोसकाे नाममा रह्याे ।मेस्सीले पहिलो हाफमा तथा रामोसले दोस्रो हाफमा गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलको २६औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । मेस्सीले नुनो मेन्डेसको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ७६औं मिनेटमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले मेस्सीकै पासमा गोल गर्न सफल भएका थिए ।

पिएसजीसँगको हारसँगै नाइसको १५औं खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ । ७ जनवरी २०२३ मा कप डि फ्रान्समा ले पुईसँग १–० ले पराजित भएयता नाइस १४ खेलसम्म अपराजित रहेको थियो । जसमा ८ जित र ६ बराबरीको नतिजा रहेको थियो ।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ । पिएसजीको ३० खेलबाट ६९ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको लेन्सको ६३ अंक छ । पराजित नाइस ४५ अंक जोडेर आठौं स्थानमा छ । – एजेन्सी

Published Date: 09 April 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर