बखुन्छेंद्वारा लिखित “रोशी” गीति कविता संग्रह शनिबार सार्वजनिक

बखुन्छेंद्वारा लिखित “रोशी” गीति कविता संग्रह शनिबार सार्वजनिक : Icon Khabar

भक्तपुर, चैत २५ । भक्तपुरमा आज “रोशी” नामक गीति कविता संग्रह सार्वजनिक भएको छ। कवि तथा युवा गीतकार हरिकृष्ण बखुन्छेंद्वारा लिखित सो गीति संग्रहको सार्वजनिक सिर्जना अभियान समाज भक्तपुरले आयोजना गरेको हो।

भक्तपुर सल्लाघारीमा अवस्थित मोडर्न कलेजमा भएको सो समारोहमा बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको थियो। उक्त विमोचन समारोहमा कार्यक्रमको बारे जानकारी र उपस्थितलाई आफ्नो मन्तव्य मार्फत बरिष्ठ रचनाकार सुवास चन्द्र ढुंगेलले स्वागत गरेका थिए।

सो विमोचन समारोहमा प्राध्यापक हरिहर पोखरेल, चक्रपाणि चालिसे प्रतिष्ठानका राममणि ढुंगेल, रोशी गीतका संगीतकार सन्तोष श्रेष्ठ, भक्तपुर सांगीतिक समाजका सचिव अल्बर्ट बज्राचार्य, सिटीभिटिका उप निर्देशक रोहित दाहाल, गीतकार संघका उप सचिव रमेश कोइराला, किताब समिक्षक त्रि बिक्रम पाण्डे लगायतको उपस्थिति रहेको थियो।

सिर्जना अभियान समाज भक्तपुरका सचिव ध्रुब मधिकर्मीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा साहित्य प्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो।

गीति संग्रह रोशिमा हरिकृष्ण बखुन्छेंद्वारा रचित मैले माया गरेको, जूनको घाम, पर्खि बसें, रोशी, खालि खाम, मेरो हजुर, किन छाडी गयौ माया, निष्ठुरी लगायतका थुप्रै गीतहरु समावेश छन् ।

Published Date: 08 April 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर