बखुन्छेंद्वारा लिखित “रोशी” गीति कविता संग्रह शनिबार सार्वजनिक

बखुन्छेंद्वारा लिखित “रोशी” गीति कविता संग्रह शनिबार सार्वजनिक : Icon Khabar

भक्तपुर, चैत २५ । भक्तपुरमा आज “रोशी” नामक गीति कविता संग्रह सार्वजनिक भएको छ। कवि तथा युवा गीतकार हरिकृष्ण बखुन्छेंद्वारा लिखित सो गीति संग्रहको सार्वजनिक सिर्जना अभियान समाज भक्तपुरले आयोजना गरेको हो।

भक्तपुर सल्लाघारीमा अवस्थित मोडर्न कलेजमा भएको सो समारोहमा बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको थियो। उक्त विमोचन समारोहमा कार्यक्रमको बारे जानकारी र उपस्थितलाई आफ्नो मन्तव्य मार्फत बरिष्ठ रचनाकार सुवास चन्द्र ढुंगेलले स्वागत गरेका थिए।

सो विमोचन समारोहमा प्राध्यापक हरिहर पोखरेल, चक्रपाणि चालिसे प्रतिष्ठानका राममणि ढुंगेल, रोशी गीतका संगीतकार सन्तोष श्रेष्ठ, भक्तपुर सांगीतिक समाजका सचिव अल्बर्ट बज्राचार्य, सिटीभिटिका उप निर्देशक रोहित दाहाल, गीतकार संघका उप सचिव रमेश कोइराला, किताब समिक्षक त्रि बिक्रम पाण्डे लगायतको उपस्थिति रहेको थियो।

सिर्जना अभियान समाज भक्तपुरका सचिव ध्रुब मधिकर्मीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा साहित्य प्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो।

गीति संग्रह रोशिमा हरिकृष्ण बखुन्छेंद्वारा रचित मैले माया गरेको, जूनको घाम, पर्खि बसें, रोशी, खालि खाम, मेरो हजुर, किन छाडी गयौ माया, निष्ठुरी लगायतका थुप्रै गीतहरु समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 April 2023
Website | + posts
ताजा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध
बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू