देश सफा गर्न नेताहरुलाई सिसडोलमा फाल्नुपर्छ : मेयर शाह

देश सफा गर्न नेताहरुलाई सिसडोलमा फाल्नुपर्छ :  मेयर शाह : Icon Khabar

काठमाडौं, चैत २५ ।  काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाहले देश सफा गर्न नेताहरुलाई सिसडोलमा फालिदिनुपर्ने बताएका छन् ।

सिसडोल काठमाडौंको फोहोर फाल्ने ठाउँ हो। मेयर शाहले राजनीतिक नेताहरुले देशलाई प्रदूषित गरेकाले देश सफा गर्न फ्याँकिनुपर्ने भन्दै आक्रोश पोखे ।

मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा पनि गरेका छन् । मेयर शाहले शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टेटस पोस्ट गर्दै सिंहदरबारबाट निस्कने फोहोर कामपाले नउठाउने बताए ।

मेयर शाहले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने सिसडोलमा बारम्बार नाकाबन्दीमा राजनीतिक दलका स्थानीय नेताहरुको हस्तक्षेप रहेको भन्दै आरोप लगाउँदै आएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजदेखि सिंहदरबारको फोहोर हट्दैन, देशलाई साँच्चै सफा गर्नुपर्छ भने नेताहरूलाई सिसडोलमा फाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 April 2023
Website | + posts




ताजा
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने
शिक्षा मन्त्रालयको काम अब सिंहदरबारबाटै हुने
बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा पहिरो खस्यो, यातायात सेवा अवरुद्ध


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने