देश सफा गर्न नेताहरुलाई सिसडोलमा फाल्नुपर्छ : मेयर शाह

देश सफा गर्न नेताहरुलाई सिसडोलमा फाल्नुपर्छ :  मेयर शाह : Icon Khabar

काठमाडौं, चैत २५ ।  काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाहले देश सफा गर्न नेताहरुलाई सिसडोलमा फालिदिनुपर्ने बताएका छन् ।

सिसडोल काठमाडौंको फोहोर फाल्ने ठाउँ हो। मेयर शाहले राजनीतिक नेताहरुले देशलाई प्रदूषित गरेकाले देश सफा गर्न फ्याँकिनुपर्ने भन्दै आक्रोश पोखे ।

मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा पनि गरेका छन् । मेयर शाहले शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टेटस पोस्ट गर्दै सिंहदरबारबाट निस्कने फोहोर कामपाले नउठाउने बताए ।

मेयर शाहले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने सिसडोलमा बारम्बार नाकाबन्दीमा राजनीतिक दलका स्थानीय नेताहरुको हस्तक्षेप रहेको भन्दै आरोप लगाउँदै आएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजदेखि सिंहदरबारको फोहोर हट्दैन, देशलाई साँच्चै सफा गर्नुपर्छ भने नेताहरूलाई सिसडोलमा फाल्नुपर्छ ।

Published Date: 08 April 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर