नेपालले आज भियतनामसँग खेल्दै

नेपालले आज भियतनामसँग खेल्दै : Icon Khabar

काठमाडौं, चैत २५ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पेरिस ओलम्पिक २०२४ को छनोट अन्तर्गत पहिलो चरणको दोस्रो खेलमा आज (शनिबार) भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेपछि हुनेछ । छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग नै दोस्रोपटक खेल्न लागेको हो । गत बुधबार भएको खेलमा नेपाल ५–१ ले पराजित भएको थियो ।

नेपालका लागि एकमात्र गोल सावित्रा भण्डारी ‘साम्वा’ ले गरेकी थिइन् । उनको यो ४३ खेलमा ४३औं गोल हो । उनी नेपालको सर्वाधिक गोलकर्ता हुन् ।

छनोटको यो समूह ‘सी’ मा प्यालेस्टाइन र अफगानिस्तानले आफ्नो नाम फिर्ता लिएपछि नेपाल र भियतनामले दुई लेगमा प्रतिस्पर्धा गर्नुपरेको हो ।

पहिलो खेलमै फराकिलो हार बेहोरेको नेपालको दोस्रो चरणमा छनोट हुने सम्भावना झिनो छ । दोस्रो चरणमा छनोट हुन नेपालले पाहुना टोली भियतनामविरुद्ध फराकिलो जित निकाल्नुपर्ने हुन्छ । तर, बलियो भियतनामविरुद्ध जित निकाल्न नेपाललाई कठिन नै हुनेछ ।

यता, पहिलो खेलबाट नै सहज जित निकाल्दै दोस्रो चरणमा छनोट हुन एक कदम अगाडि बढेको भियतनाम घरेलु टोली नेपाललाई पराजित गर्दै दोस्रो चरण पुग्ने लक्ष्यमा हुनेछ । भियतनामलाई दोस्रो चरणमा छनोट हुन झिनो हार या बराबरीको नतिजा नै पर्याप्त हुनेछ ।

पहिलो चरणमा एसियाका २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो राउन्डमा छनोट हुनेछन् । उत्तर कोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया दोस्रो राउन्डको लागि छनोट भइसकेका छन् ।

दोस्रो राउन्डमा रहने १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । शीर्ष टोली तेस्रो राउन्डमा छनोट हुनेछ । एक उत्कृष्ट दोस्रो हुने टोली तेस्रो राउन्डलाई छनोट हुनेछ । तेस्रो राउन्ड दुई लेगमा हुनेछ । त्यसबाट विजेता दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 April 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने