नेपालले आज भियतनामसँग खेल्दै

नेपालले आज भियतनामसँग खेल्दै : Icon Khabar

काठमाडौं, चैत २५ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पेरिस ओलम्पिक २०२४ को छनोट अन्तर्गत पहिलो चरणको दोस्रो खेलमा आज (शनिबार) भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेपछि हुनेछ । छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग नै दोस्रोपटक खेल्न लागेको हो । गत बुधबार भएको खेलमा नेपाल ५–१ ले पराजित भएको थियो ।

नेपालका लागि एकमात्र गोल सावित्रा भण्डारी ‘साम्वा’ ले गरेकी थिइन् । उनको यो ४३ खेलमा ४३औं गोल हो । उनी नेपालको सर्वाधिक गोलकर्ता हुन् ।

छनोटको यो समूह ‘सी’ मा प्यालेस्टाइन र अफगानिस्तानले आफ्नो नाम फिर्ता लिएपछि नेपाल र भियतनामले दुई लेगमा प्रतिस्पर्धा गर्नुपरेको हो ।

पहिलो खेलमै फराकिलो हार बेहोरेको नेपालको दोस्रो चरणमा छनोट हुने सम्भावना झिनो छ । दोस्रो चरणमा छनोट हुन नेपालले पाहुना टोली भियतनामविरुद्ध फराकिलो जित निकाल्नुपर्ने हुन्छ । तर, बलियो भियतनामविरुद्ध जित निकाल्न नेपाललाई कठिन नै हुनेछ ।

यता, पहिलो खेलबाट नै सहज जित निकाल्दै दोस्रो चरणमा छनोट हुन एक कदम अगाडि बढेको भियतनाम घरेलु टोली नेपाललाई पराजित गर्दै दोस्रो चरण पुग्ने लक्ष्यमा हुनेछ । भियतनामलाई दोस्रो चरणमा छनोट हुन झिनो हार या बराबरीको नतिजा नै पर्याप्त हुनेछ ।

पहिलो चरणमा एसियाका २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो राउन्डमा छनोट हुनेछन् । उत्तर कोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया दोस्रो राउन्डको लागि छनोट भइसकेका छन् ।

दोस्रो राउन्डमा रहने १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । शीर्ष टोली तेस्रो राउन्डमा छनोट हुनेछ । एक उत्कृष्ट दोस्रो हुने टोली तेस्रो राउन्डलाई छनोट हुनेछ । तेस्रो राउन्ड दुई लेगमा हुनेछ । त्यसबाट विजेता दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ ।

Published Date: 08 April 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली