नेपाल वायुसेवा निगम अध्ययन गर्न समिति गठन

नेपाल वायुसेवा निगम अध्ययन गर्न समिति गठन : Icon Khabar

काठमाडौं, चैत २५ । सरकारले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को संरचनागत र व्यवस्थापकीय पक्ष अध्ययन गर्न समिति गठन गरेको छ ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा ओम गुरुङ (कप्तान), टीकाराम राई (मिडिया पर्सन), पियुस आनन्द (चार्टर्ड एकाउन्टेन्ट) र सहारा न्यौपाने सदस्य छन् ।

समितिले अध्ययनपछि प्रतिवेदन तयार गरी सिफारिससहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गर्नेछ ।

निगमले हाल अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी ए३३० र दुईवटा न्यारो बडी ए३२० जहाज र आन्तरिक उडानका लागि दुईवटा ट्विनअटर जहाज सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 April 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने