नेपाल वायुसेवा निगम अध्ययन गर्न समिति गठन

नेपाल वायुसेवा निगम अध्ययन गर्न समिति गठन : Icon Khabar

काठमाडौं, चैत २५ । सरकारले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को संरचनागत र व्यवस्थापकीय पक्ष अध्ययन गर्न समिति गठन गरेको छ ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा ओम गुरुङ (कप्तान), टीकाराम राई (मिडिया पर्सन), पियुस आनन्द (चार्टर्ड एकाउन्टेन्ट) र सहारा न्यौपाने सदस्य छन् ।

समितिले अध्ययनपछि प्रतिवेदन तयार गरी सिफारिससहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गर्नेछ ।

निगमले हाल अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी ए३३० र दुईवटा न्यारो बडी ए३२० जहाज र आन्तरिक उडानका लागि दुईवटा ट्विनअटर जहाज सञ्चालन गर्दै आएको छ ।

Published Date: 08 April 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर