राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको सय दिनसम्म काम गर्न सकिनः प्रधानमन्त्री दाहाल

राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको सय दिनसम्म काम गर्न सकिनः प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, चैत २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको एक सय दिन पनि काम गर्न नसकेको स्वीकार गरेका छन् । गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहमा सहभागी हुन शुक्रबार गोरखा आएका उनले विकाससँगै सरकारका अन्य कामलाई पनि तीव्रता दिने आश्वासन दिए ।

‘सरकारको सय दिन राजनीतिक उतारचढावले भरिएको थियो,’ उनले नेपाली काँग्रेससँगको गठबन्धनको बारेमा भने, ‘तर जहाँ जानुपर्ने थियो, त्यहाँ पुग्यो यो हामी सबैका लागि खुसीको कुरा हो ।

उनले आफू गोरखाबाट निर्वाचित भएर प्रधानमन्त्री भएकाले गोरखाको विकासका लागि सक्दो प्रयास गर्ने बताए । गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लाका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

उनले जिल्लाका कतिपय विकास आयोजना वर्षौंदेखि अलपत्र परेको बताए । ‘गोर्खाको प्राकृतिक स्रोतको दोहनको समस्यालाई कडा कानुन बनाएर नियन्त्रण गर्नुपर्छ,’ उनले भने । उनले विपद् व्यवस्थापनमा प्रदेशको भूमिकालाई सक्रिय बनाउन प्रधानमन्त्रीलाई आग्रह पनि गरे ।

Published Date: 08 April 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर