राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको सय दिनसम्म काम गर्न सकिनः प्रधानमन्त्री दाहाल

राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको सय दिनसम्म काम गर्न सकिनः प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, चैत २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको एक सय दिन पनि काम गर्न नसकेको स्वीकार गरेका छन् । गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहमा सहभागी हुन शुक्रबार गोरखा आएका उनले विकाससँगै सरकारका अन्य कामलाई पनि तीव्रता दिने आश्वासन दिए ।

‘सरकारको सय दिन राजनीतिक उतारचढावले भरिएको थियो,’ उनले नेपाली काँग्रेससँगको गठबन्धनको बारेमा भने, ‘तर जहाँ जानुपर्ने थियो, त्यहाँ पुग्यो यो हामी सबैका लागि खुसीको कुरा हो ।

उनले आफू गोरखाबाट निर्वाचित भएर प्रधानमन्त्री भएकाले गोरखाको विकासका लागि सक्दो प्रयास गर्ने बताए । गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लाका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

उनले जिल्लाका कतिपय विकास आयोजना वर्षौंदेखि अलपत्र परेको बताए । ‘गोर्खाको प्राकृतिक स्रोतको दोहनको समस्यालाई कडा कानुन बनाएर नियन्त्रण गर्नुपर्छ,’ उनले भने । उनले विपद् व्यवस्थापनमा प्रदेशको भूमिकालाई सक्रिय बनाउन प्रधानमन्त्रीलाई आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 April 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने