राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम र पुलिस विजयी

राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम र पुलिस विजयी : Icon Khabar

 विराटनगर, चैत्र २४ ।  गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन् । विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोसी प्रदेशलाई ३–१ गोलमा पराजित गरेको हो ।

सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले समान १–१ गोल गरेका थिए । एक मात्र सान्तवना गोल कोसीका लागि बिसु घिमिरेले गरे । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए । त्यस्तै अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले कर्णाली प्रदेशलाई ७–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ ।

पुलिसका रोहित लामाले २, सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल रानाले समान १–१ गोल गरे । खेलको म्यान अफ द म्याच पुलिसका भरत खत्री भए । पहिलो पटक हक्कीको खेल रात्रीकालीन हुदैछ । प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलो पटक शुक्रबार बेलुका रात्रीकालीन रुपमा हक्कीको खेल हुनेछ । लिग चरणको खेलअन्तर्गत समूह ए तर्फ साबिक विजेता त्रिभुवन आर्मी र पूर्व विजेता गण्डकी प्रदेशबीच रात्रीकालीन खेल हुने उनले बताए ।

संयोजक थापाले नेपालमा पहिलो पटक हक्कीलाई पनि फ्लडलाइट्समूनि गराउन सकिने गरी तयारी गरिएको जानकारी दिए । पहिलो खेल सहज रुपमा हुने अपेक्षा गरेका संयोजक थापाले सोही खेलका आधारमा आगामी खेल पनि रात्रीकालीन गर्न सकिने छ ।

समूह ‘ए’ तर्फ आर्मी र पुलिसको समान ६ अंक, समूह ‘बि’ तर्फ सुदूरपश्चिमको ३ अंक तथा मधेस र कोसीको १–१ अंक रहेको छ । शनिबार लिग चरणको समिकरण पूरा हुनेछ । पहिलो खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश, दोस्रो खेल कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।

Published Date: 07 April 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर