सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र चाहिँदैन : मन्त्री मोदी

सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र चाहिँदैन : मन्त्री मोदी : Icon Khabar
उदयपुर, चैत्र २४ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र नचाहिने बताएका छन् । थारु कल्याणकारी सभा जिल्ला समिति उदयपुरको ९ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
कोतपर्व, भण्डारखाल पर्वदेखि दरबार हत्याकाण्डसम्म केवल सत्ता प्राप्तिका लागि भएको भन्दै उनले भने, “सत्ता जोगाउन वा सत्ता प्राप्त गर्नका लागि फेरि नयाँ हत्याकाण्ड मच्चाउन हामीलाई राजतन्त्र चाहिएको छैन ।” मन्त्री मोदीले दरबार हत्याकाण्डको मुख्य लक्ष्य पनि सत्ता प्राप्ति भएको बताए ।
जनताका छोराछोरीले आफ्ना प्रतिनिधि छान्न पाउने व्यवस्थामा मुलुक आइपुगिसकेकाले अब पछाडि फर्किन नसक्ने पनि उनको भनाई थियो । मुलुकलाई प्रतिगमनतिर लैजान खोज्नेहरुले अहिले राजाको पक्षमा वकालत गरिरहेको बताउँदै उनले भने, “केही राजनीतिक दल, पश्चामी तत्व एकात्मक शासन चाहिन्छ, समानुपातिक समावेशिता हटाउनुपर्छ भनेर हिडिरहेका छन्, उनीहरुको त्यो सपना अब पूरा हुने छैन ।”
मन्त्री मोदीले उत्पीडित जातिको अधिकारलाई कुण्ठित गर्न खोज्ने दुष्प्रयासलाई सबैले विफल पार्नुपर्ने समेत बताए । लोकतन्त्र नै सबैभन्दा उन्नत व्यवस्था भएको बताउँदै उनले भने, “वडादेखि केन्द्रसम्मका सबै जनप्रतिनिधि जनताले छान्न पाउने लोकतन्त्र जतिको उन्नत व्यवस्था अरु हुनै सक्दैन ।”
Published Date: 07 April 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली