डब्लुबीसी मुवाथाईको राष्ट्रिय च्याम्पियनसिप शनिबार

डब्लुबीसी मुवाथाईको राष्ट्रिय च्याम्पियनसिप शनिबार : Icon Khabar

काठमाडौं चैत्र २४ । डब्युबीसी मुवाथाई नेपालको राष्ट्रिय च्याम्पियनसिप भोलि शनिबार हुने भएको छ । मेटल मुवाथाई फाइट जिमको सहकार्यमा डब्युबीसी मुवाथाई नेपालले पोखरामा राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।

२० भन्दा बढी जिल्ला सहभागी प्रतियोगितामा १० फाइट स्पर्धा राखिएको छ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा फ्लाई वेट डिभिजनमा करिश्मा कार्कीले रिना माझीसँग प्रतिस्पर्धा गर्ने छन् । दुवै जनाले नवौं राष्ट्रिय खेलकुदमा क्विकोशिन कराँतेबाट स्वर्ण पदक जितेका थिए । अर्को सुपर लाइट वेट डिभिजनमा भारतीय खेलाडी लव कुमार र नेपालका विकाश गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।

अर्को सुपर फ्लाई वेट डिभिजनमा रोशन घले र सन्दिप काप्री, सुपर बान्तम वेटमा अमृत गुरुङ र अनिश रेग्मी, फिदर वेट डिभिजनमा प्रशान्त तामाङ र प्रिन्स गुरुङ, युथ कार्डिट डिभिजनमा रतिम महर्जन र जेन्जी राई, फ्लाई वेट डिभिजनमा रेजिना विष्ट र सुश्मा चौधरी, सुपर लाईट वेटमा मिलन तामाङ र रोजित कायत, सुपर लाईट वेटमा छिरिङ पाल्देङ शेर्पा र आयुश गुरुङ र सुपर फिदर वेटमा सन्तोष लामा र ज्ञानेन्द्र सिंह भिड्नेछन् ।

शेर्पा आउटडोरको केटीएम सिटी मुख्य प्रायोजक रहेको यस प्रतियोगिता पोखराको प्रर्दशन केन्द्रमा शनिबार हुनेछ । प्रतियोगितामा सहभागी खेलाडीको सम्पुर्ण खेलाडीको अपेरियल केटीएम सिटीले उपलब्ध गराएको छ ।

Published Date: 07 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर