सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने

सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने : Icon Khabar

काठमाडौं, चैत २४ । सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने भएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरेको छलफल कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।
उनले सरकारले आगामी बजेट बनाउँदा साधारण खर्चमामित व्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने विषयमा प्राथमिकता दिने बताए । उनले सरकारले साधारण खर्च घटाउने सम्भावना कम भए पनि खर्च नगरे पनि हुने खालका कार्यक्रमको खर्चलाई कटौती गर्ने उल्लेख गरे ।
अर्थमन्त्री डा.महतले आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरुको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए । उनले सरकारको पुँजीगतखर्चमा समस्या देखिएको भन्दै पुँजीगतखर्च समयमा खर्च गर्ने प्रणालीको विकास गर्नु आवश्यक रहेको बताए ।
‘सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउनुपर्छ भन्ने पक्षमा छौँ । धेरै मागहरु आएपनि धेरै कमगर्न कोशिस गर्छौँ । साधारण खर्च कमगर्ने स्कोप अत्यन्तकम छ । सामाजिक सुरक्षा भत्ता लगायतको खर्च कमगर्न सम्भव कम छ । सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरुमामन्त्रालयले प्राथमिकताका साथ हेर्छौँ । अहिले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको छ ।’
उनले भने,‘पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्ननहुने,आयोजनाको कष्ट बढ्दै जाने र आयोजनामहँगो हुनजाने परिस्थितिको अन्तयगर्ने गरी सरकारले तयारी थालेको छ । सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमाखर्च गर्ने,समिति स्रोतलाई धेरै आयोजनामाखर्च नगर्ने रणनीति रहेको बताउनु भयो ।
उनले भने,‘पुँजीगत खर्च समयमा खर्च नहुनु, पूर्वाधार निर्माणका कार्य समयमा नहुनु, आयोजनाको कष्ट बढ्दै जाने र आयोजना महँगो हुनजाने परिस्थितिको अन्त्य गर्नको लागि पनि काम गर्न जरुरी छ । सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च होस् ।’
त्यस्तै अर्थमन्त्री डा.महतले सरकारको राजस्व संकलनको अवस्था राम्रो नभएको बताए । उनले आयात प्रतिबन्ध, कोरोना महामारी,भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्य अनुसार संकलन राम्रो नभएको बताए ।
उनले भने, ‘अहिले सरकारको राजस्वको अवस्था राम्रो छैन । प्रत्येक वर्ष सरकारले जीडीपी तथा अर्थतन्त्रका अन्य सूचक भन्दा राजस्वको लक्ष्य बढी राख्दै आएका छौं । नजिक नजिकको लक्ष्य प्राप्त पनि गर्दै आएका छौं । चालु आर्थिक वर्षमात्यो लक्ष्य प्राप्त नहुँदा के भयो भन्ने भएको छ । हेरक वर्ष बढी लक्ष्य राखे पनि करिब लक्ष्य प्राप्त गर्ने अवस्था सधै सहज हुँदैन । यो वर्ष आयात प्रतिबन्ध,कोरोना महामारीको अवस्था,भूकम्प र अन्तर्राष्ट्रिय परिवेशले पनि असर पारेको छ ।’
अर्थमन्त्री डा.महतले प्रत्येक वर्ष सरकारले जीडीपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राखे पनि लक्ष्य प्राप्त हुँदै आएकोमा चालू आर्थिक वर्षमा लक्ष्य पूरा नहुने अवस्थामा रहेको बताए ।

कार्यक्रमा अर्थसचिव तोयम रायले श्रम रोजगारको क्षेत्रमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयमा केन्द्रित रहेको बताए । उनले सरकार अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता दिन सक्ने अवस्था नभएको बताए । उनले सामाजिक सुरक्षा कोष मार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कोष मार्फत पाउने व्यवस्थामा जान आवश्यक रहेको बताए । उनले सरकारले नाकामा हुने राजस्व चुहावट रोक्नको लागि सरकारले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बताए । नेपालमा खुल्ला सिमाना धेरै रहेकाले राजस्व चुहावट भइरहेको स्वीकार गर्दै उनले त्यसलाई नियन्त्रण गर्न सरकारको प्रयास रहेको बताए ।

आजको भेटमा नेपाल आर्थिक पत्रकार संघको तर्फबाट अध्यक्ष मोदनाथ ढकालले अर्थमन्त्री महतलाई सुझाव समेत दिएका छन ्। पत्रकारको क्षमता वृद्धिमा अर्थ मन्त्रालयले ध्यानदिनुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।

त्यस्तै मिडियाहरु महामारिका कारण मारमा परेको र त्यसमा हेर्न समेत उनले सुझावको क्रममा बताए । अहिलेको अर्थतन्त्र सम्हाल्न र आगामी बजेट मार्फत सुधारको योजनाहरु ल्याउन सुझाव प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2023
Website | + posts




ताजा
स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पर्याप्त छ: निर्वाचन आयोग
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)