टेलिकमको प्रतिबद्धतापछि वीरगन्ज महानगरपालिकाले फोहोर उठाउन थाल्यो

टेलिकमको प्रतिबद्धतापछि वीरगन्ज महानगरपालिकाले फोहोर उठाउन थाल्यो : Icon Khabar

काठमाडौं, चैत २२ । नेपाल टेलिकमले वीरगन्ज बाइपास सडकखण्डको फुटपाथको काम चैत २७ गतेभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय वीरगन्जले चैत २७ गतेसम्म काम सम्पन्न गर्ने आश्वासन दिएपछि महानगरले मंगलबार आफ्नो परिसरमा फालिएको फोहोर उठाउन थाल्यो ।

बिहान टेलिकमका कर्मचारीले कार्यालयमा आएर लिखित जानकारी दिएपछि मेयर राजेशमान सिंहले सरसफाइ शाखालाई फोहोर उठाउन निर्देशन दिएका थिए ।

बिहान १० बजेअघि नै फोहोर जम्मा भइसकेको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले बताए ।

सडक र फुटपाथ मर्मतको काम फागुन मसान्तसम्ममा सम्पन्न गर्ने आश्वासन दिएपछि मङ्गलबार बिहान वीरगन्ज महानगरपालिकाले ७ वटा ट्रयाक्टर फोहोर दूरसञ्चार कार्यालय परिसरमा फालेको हो ।

फुटपाथको काम सम्पन्न गर्न कति समय लाग्ने भन्ने लिखित प्रतिवद्धता नआएसम्म महानगरले फोहोर नउठाउने अडान लिएको थियो ।

नेपाल टेलिकमका निमित्त निर्देशक अनन्तप्रकाश मल्लिकले ठेकेदारले माग गरेको समयबारे महानगरलाई जानकारी गराइएको बताए । ‘फुटपाथको कामका क्रममा महानगरले कुनै समन्वय नगरी फोहोर ल्याएर कार्यालय परिसरमा फालिदिएको हो, कानुनी शासन उल्लङ्घन भएको महसुस भएको छ’, उनले भने । ‘हामीले यसबारे महानगरलाई लिखित जानकारी गराएका छौं। त्यसपछि उनीहरुले फोहोर पनि उठाए ।”

निर्माण कम्पनीले थप १० जना कामदार राखेर कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको उनले बताए ।

दूरसञ्चार कार्यालय मार्फत पिनस बाँके जेभीले गण्डकचोकदेखि रजत जयन्ती चोक मार्गमा ट्रेन्चिङ, डकरिङ र बल्जिङ गर्ने क्रममा इन्टरलक ब्लकसहित फुटपाथमा ड्रग अप गरेको थियो ।

जेभीका सञ्चालक भरतबहादुर कार्कीले मंगलबार नेपाल टेलिकमलाई फुटपाथ मर्मतको काम चैत १० गतेसम्म सम्पन्न हुने जानकारी दिए ।

महानगरपालिकाको कदमपछि दबाबमा परेको टेलिकमले बुधबार बिहानैदेखि अलपत्र सडक र फुटपाथ मर्मत गर्न थालेको मेयर राजेशमान सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न