टेलिकमको प्रतिबद्धतापछि वीरगन्ज महानगरपालिकाले फोहोर उठाउन थाल्यो

टेलिकमको प्रतिबद्धतापछि वीरगन्ज महानगरपालिकाले फोहोर उठाउन थाल्यो : Icon Khabar

काठमाडौं, चैत २२ । नेपाल टेलिकमले वीरगन्ज बाइपास सडकखण्डको फुटपाथको काम चैत २७ गतेभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय वीरगन्जले चैत २७ गतेसम्म काम सम्पन्न गर्ने आश्वासन दिएपछि महानगरले मंगलबार आफ्नो परिसरमा फालिएको फोहोर उठाउन थाल्यो ।

बिहान टेलिकमका कर्मचारीले कार्यालयमा आएर लिखित जानकारी दिएपछि मेयर राजेशमान सिंहले सरसफाइ शाखालाई फोहोर उठाउन निर्देशन दिएका थिए ।

बिहान १० बजेअघि नै फोहोर जम्मा भइसकेको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले बताए ।

सडक र फुटपाथ मर्मतको काम फागुन मसान्तसम्ममा सम्पन्न गर्ने आश्वासन दिएपछि मङ्गलबार बिहान वीरगन्ज महानगरपालिकाले ७ वटा ट्रयाक्टर फोहोर दूरसञ्चार कार्यालय परिसरमा फालेको हो ।

फुटपाथको काम सम्पन्न गर्न कति समय लाग्ने भन्ने लिखित प्रतिवद्धता नआएसम्म महानगरले फोहोर नउठाउने अडान लिएको थियो ।

नेपाल टेलिकमका निमित्त निर्देशक अनन्तप्रकाश मल्लिकले ठेकेदारले माग गरेको समयबारे महानगरलाई जानकारी गराइएको बताए । ‘फुटपाथको कामका क्रममा महानगरले कुनै समन्वय नगरी फोहोर ल्याएर कार्यालय परिसरमा फालिदिएको हो, कानुनी शासन उल्लङ्घन भएको महसुस भएको छ’, उनले भने । ‘हामीले यसबारे महानगरलाई लिखित जानकारी गराएका छौं। त्यसपछि उनीहरुले फोहोर पनि उठाए ।”

निर्माण कम्पनीले थप १० जना कामदार राखेर कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको उनले बताए ।

दूरसञ्चार कार्यालय मार्फत पिनस बाँके जेभीले गण्डकचोकदेखि रजत जयन्ती चोक मार्गमा ट्रेन्चिङ, डकरिङ र बल्जिङ गर्ने क्रममा इन्टरलक ब्लकसहित फुटपाथमा ड्रग अप गरेको थियो ।

जेभीका सञ्चालक भरतबहादुर कार्कीले मंगलबार नेपाल टेलिकमलाई फुटपाथ मर्मतको काम चैत १० गतेसम्म सम्पन्न हुने जानकारी दिए ।

महानगरपालिकाको कदमपछि दबाबमा परेको टेलिकमले बुधबार बिहानैदेखि अलपत्र सडक र फुटपाथ मर्मत गर्न थालेको मेयर राजेशमान सिंहले बताए ।

Published Date: 05 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी