उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, चैत २२ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार सङ्क्रमणकालीन न्याय निरूपण सम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताए।

राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कुटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने बताए ।

नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदूतले चासो राखे। श्रेष्ठले त्यसमा पूर्ण सुरक्षा हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न