पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, चैत २० । नेपाल आयल निगमले पेट्रालियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार मध्यरातिबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर ३ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको बैठकको निर्णय अनुसार पेट्रालियम पदार्थको मूल्य घटाइएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रति लिटर १ सय ७५ रुपैयाँ तथा डिजेल र मट्टीतेल १ सय ६५ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्यमा अझै पनि प्रति सिलिण्डर ५४५ रुपैयाँ घाटा रहेको भन्दै हाललाई मूल्य यथावत राखिएको निगमले जनाएको छ । हवाई इन्धन आन्तरिकतर्फ १० रुपैयाँ तथा बाहृयतर्फ प्रति लिटर ७० अमेरिकी डलर घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८६ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा घटेर आएको थियो । आईओसीले मार्च १५ मा पठाएको मूल्यमा पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।

Published Date: 03 April 2023
Website | + posts




















ताजा
लगातारको वर्षापछि भक्तपुरबाट देखिए लाङटाङ लिरुङदेखि दोर्जे लाक्पासम्मका मनमोहक हिमाली दृश्य (फोटो फिचर)
निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि प्रदान
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक