पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, चैत २० । नेपाल आयल निगमले पेट्रालियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार मध्यरातिबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर ३ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको बैठकको निर्णय अनुसार पेट्रालियम पदार्थको मूल्य घटाइएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रति लिटर १ सय ७५ रुपैयाँ तथा डिजेल र मट्टीतेल १ सय ६५ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्यमा अझै पनि प्रति सिलिण्डर ५४५ रुपैयाँ घाटा रहेको भन्दै हाललाई मूल्य यथावत राखिएको निगमले जनाएको छ । हवाई इन्धन आन्तरिकतर्फ १० रुपैयाँ तथा बाहृयतर्फ प्रति लिटर ७० अमेरिकी डलर घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८६ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा घटेर आएको थियो । आईओसीले मार्च १५ मा पठाएको मूल्यमा पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।

Published Date: 03 April 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय