सोमबार मात्रै ७६ जना नयाँ कोरोना संक्रमित थपे, नेपालमा सक्रिय संक्रमितको संख्या २२७ पुग्यो

सोमबार मात्रै ७६ जना नयाँ कोरोना संक्रमित थपे, नेपालमा सक्रिय संक्रमितको संख्या २२७ पुग्यो : Icon Khabar

काठमाडौं, चैत २० । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या दिनप्रति दिन बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अद्यावधिक गरेको तथ्यांक अनुसार अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामै ७६ जना नयाँ संक्रमित थपिएका हुन् । ११ सय ५१ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमितहरु थपिएको मन्त्रालयले जनाएको छ ।

यी मध्ये ३ सय ४५ जनाको पीसीआर गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो भने ८०६ जनाको एन्टीजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा १६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा २८ हजार ७ सय ३ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मनत्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2023
Website | + posts