सोमबार मात्रै ७६ जना नयाँ कोरोना संक्रमित थपे, नेपालमा सक्रिय संक्रमितको संख्या २२७ पुग्यो

सोमबार मात्रै ७६ जना नयाँ कोरोना संक्रमित थपे, नेपालमा सक्रिय संक्रमितको संख्या २२७ पुग्यो : Icon Khabar

काठमाडौं, चैत २० । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या दिनप्रति दिन बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अद्यावधिक गरेको तथ्यांक अनुसार अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामै ७६ जना नयाँ संक्रमित थपिएका हुन् । ११ सय ५१ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमितहरु थपिएको मन्त्रालयले जनाएको छ ।

यी मध्ये ३ सय ४५ जनाको पीसीआर गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो भने ८०६ जनाको एन्टीजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा १६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा २८ हजार ७ सय ३ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मनत्रालयले जनाएको छ ।

Published Date: 03 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु