नेपाली नयाँ वर्षको पहिलो दिन नेपाल पर्यटन महोत्सव हुने

नेपाली नयाँ वर्षको पहिलो दिन नेपाल पर्यटन महोत्सव हुने : Icon Khabar

काठमाडौं, चैत २० । नेपाल पर्यटन प्रवर्द्धन (एनटीपी) मल्टिमिडिया ग्रुपले नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाली नयाँ वर्षको अवसरमा काठमाडौंको वसन्तपुरमा नेपाल पर्यटन महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव अप्रिल १४-१५ मा हुनेछ।

नेपालको आर्थिक समृद्धिको मूल आधार पर्यटन नै भएकाले पर्यटनको माध्यमबाट नेपालको आर्थिक समृद्धि हासिल गर्न पर्यटनको नीतिगत बहस र छलफल बढाउनुपर्ने आयोजकले बताए । नेपाली नयाँ वर्षको पहिलो दिन वैशाख १ लाई नयाँ वर्ष २०८० बाट आन्तरिक पर्यटन दिवस घोषणा गर्ने तयारी भइरहेको छ ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । महोत्सवमा १० देखि १५ वटा सत्र सञ्चालन हुने आयोजकले जनाएको छ, जसमा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र पर्यटनसँग जोडिएका राजनीतिक विषयमा रोचक, चिन्तनमूलक र विशेष बहस र छलफल हुनेछ । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र पर्यटन नीतिबारे छलफल गर्नु यस महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

महोत्सवका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रज्ञा प्रतिष्ठान, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, होटल एसोसिएसन नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल लगायत अन्य निकायले एनटीबीसँग सहकार्य गरेका छन् ।

Published Date: 03 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु